स्याङजा भैरव कालिका मन्दिर स्वरेकमा फूलपाती भित्राइँदै ।
26-September-2017


जकसन डटकम
स्याङजा, ११ असोज

नवरात्रिको सातौं दिन आज फूलपाती भित्र्याइँदै छ । आश्विन शुक्लपक्षको सप्तमी तिथिलाई फूलपातीका रुपमा चिनिन्छ । आज स्याङजा भैरव कालिका मन्दिर स्वरेकमा साँझमा हर्षोलास सहित फुलपाती भित्राइदै छ । ४सय बर्ष भन्दा पुरानो मन्दिर स्याङजा भैरव कालिकामा मन्दिरमा फूलपातीको लागि उप बास बसेका बतबन्ध नगरेका दुई किशोरले विहानै देखि जलाधार क्षेत्रमा गई नुवाई धुवाई गरेर कोही कसै संग नबोली उखु, धान केरा, दारिम, बेल, लगायतका  फूलपाती र कुभिन्डो  डोलामा राखेर साँझ स्वरेक चापा भन्ने स्थानमा आईपुग्छन् ।  

मन्दिर देखि हर्ष बढाई गर्दे बाजा सहित गएको पुजारी सहितको टोलीले सोही स्थानमा उनिहरु लाई फूल अक्षताले पर्सेसंगै पुजारीले कुभिन्डोको बलि चढाउने चलनछ । यसै विच पुनं बाजागाजा सहित स्थानीयहरुको उलेख्य सहभागितामा भैरव कालिकामन्दिरको कोट घरमा पुगेर मुल द्धारामा कुभिन्डोको बलि चढाए पछि फूलपाती भित्राउने चलन रहि आएको छ । भोली अष्टमीको दिन भैरव कालिका मन्दिरमा राती १२ बजे सम्म मेला लाग्ने गर्छ भने नबमीको दिन पुजा पाठ हुनुको साथै बलि पुजा हुने गर्छ  । 

नबमीको दिन पञ्चबली सहित बाजा गाजा सहित र मन्दिरमा दर्शन गर्न आउनेहरुको घुइचो लाग्ने गर्छ । स्याङजा भैरव कालिका मन्दिरमा दर्शन गर्नाले मनोकामाना पुरा हुन्छ भन्ने जनविश्वास रहेकोले पनि स्याङजा भैरव कालिका मन्दिरमा दर्शनार्थीको भिड् लाग्नेगरेको स्थानीयको भनाई छ  ।दशैको मुख्य दिन टिकाको दिन स्थानीयहरु स्याङजा भैरव कालिका मन्दिर स्वरेकमा जम्मा भएर एक आपसमा शुभकामना आदान प्रदान गर्दे टिका लगाउने चलन रहेको छ ।  

घटस्थापनादेखि नै नवरात्रि आरम्भ हुन्छ । तर, फूलपातिदेखि विजयादशमीसम्मलाई विशेष रुपमा मनाउने गरिन्छ । देवी कालरात्रिले चण्ड, मुण्ड र रक्तविज नामक राक्षसहरुको वध गरेको दिनका रुपमा महासप्तमी मनाउने गरिन्छ । आजको दिन कालरात्रि देवीको पूजा, आराधना गर्ने गरिन्छ ।

गोरखा दरवारस्थित कालिका मन्दिरबाट फूलपाती लिएर आएको गुरुजुको पल्टनले त्यसलाई हनुमानढोकास्थित दशैंघरमा भित्र्याउने साइत पारेर टुँडीखेलमा नेपाली सेनाले फूलपाती बढाईं गर्छ । उक्त समारोहमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, प्रधानन्यायाधीश, मन्त्रीहरु लगायत विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहन्छ ।

आजै काठमाडौंका नेवार समुदायका घर(घरमा विश्वकर्मा तथा विद्याकी देवी महासरस्वतीको पूजा हुन्छ । त्यस क्रममा पुस्तक, कापी, कलम, ज्यावल, मेसिनरी सामग्रीहरु, कोदाला, हँसियालगायत स्थापना गरी पूजा गरिन्छ । किसानले खेतबाट धानका बाला घरमा भित्र्याएर पूजा गर्ने गर्छन् ।

Write a Comment