पत्रकारको निधन
28-September-2017

जकसन डटकम
पोखरा, १३ असोज

नेपाल पत्रकार महासंघ कास्कीका सदस्य कृष्णप्रसाद पराजुलीको बिहिबार असामयिक निधन भएको छ । विगत तीन दशकदेखि पत्रकारिता क्षेत्रमा सक्रिय रहँदै आउनुभएका ५४ वर्षीय पराजुलीको पोखरा लेखनाथ महानगरपालिका–८ सिमलचौरस्थित आप्mनै निवासमा निधन भएको हो । 

जण्डिस रोगका कारण कलेजो र फोक्सोको समस्याले ग्रसित हुनुभएका पराजुली केही दिनअघि काठमाडौँबाट उपचार गरी घरमै आराम गरिरहनुभएको थियो । पत्रकार पराजुलीको निधनले पत्रकारिता क्षेत्रमा ठूलो क्षति पुगेको महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । 

जनशत्ता पत्रिकाबाट पत्रकारिताको शुरुवात गर्नुभएका पराजुलीले कमाण्डर, हिमदूत, कास्की अभियान, पोख्रेली अभियान दैनिकलगायतका पत्रपत्रिकामा काम गर्नुभएको थियो । प्रेस युनियनका केन्द्रीय पार्षदसमेत रहनुभएका उहाँका दुई श्रीमती, दुई छोरी र एक छोरा हुनुहुन्छ । पराजुलीको बिहिबारैै सेतीनदीस्थित तुल्सिघाटमा अन्त्यष्टि गरियो ।

Write a Comment

Events
Random Picks