बेच्ने ३ जना पक्राउ, किन्ने ५ जना पनि पक्राउ
29-June-2015

असार १३ गते-
पोखराका विभिन्न ठाउँबाट सामान चोरी गर्ने र चोरीका सामान किन्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ ।

कास्की प्रहरीले आइतबार पोखरामा पत्रकार सम्मेलन गरी सामान चोरी गर्ने पोखरा ९ प्रगतिटोलका१८ बर्षीय साजन सुनार, कृष्तिनाच्नेचौर ४ का २३ बर्षीय आकाश सुनार र कृष्तिनाच्नेचौर ४ का १८ बर्षीय सन्तोष सुनारलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।

उनिहरुले पोखराका विभिन्न ठाउँबाट ६ थान ल्यापटप कम्प्युटर चोरी गरेका प्रहरीले जनाएको छ ।

पोखराको विरौटाका पदम प्रसाद सुवेदीको घरबाट १२ लाख ८८ हजार रुपैयाँँ बराबरका गरगहना, मासबारका प्रभाकर घिमिरेको घरबाट ५ लाख ३२ हजार २ सय ५२ रुपैयाँ बराबरका गरगहना, छोरेपाटनकी कमला बिकको घरबाट १ लाख ६६ हजार र विरौटाकै कृष्ण कुमारी खत्री क्षेत्रीको घरबाट ५ लाख ८ हजार ९ सय रुपैयाँ बराबरका गरगहना उनीहरुले चोरी गरेका थिए ।

उनीहरुले चोरेका सामान किन्ने ५ जनालाई पनि प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।



चोरीको सामान किन्नेहरुमा तनहुँ घर भर्इ पोखराको चाउथे बस्ने बिधा सागर पौडेल, पर्वत जिल्ला घर भर्इ पोखरा ११ रानीपौवा बस्ने ४० बर्षीय कुमार सुनार, महोत्तरी घर भर्इ पोखरा ९ बस्ने भिम बहादुर राना मगर, पाल्पा घर भर्इ पोखरा २ बस्ने ४० बर्षीय अशोक गहतराज र हुम्लाको दानाका २४ बर्षीय विजय कार्की रहेका छन् ।

पक्राउ परेकाहरुमाथी अनुसन्धान भैरहेको कास्की प्रहरीका प्रवक्ता केदार रजौरेले जानकारी दिए ।

source:nepalreports

http://www.nepalreports.com/news/10309

Write a Comment

Events
Random Picks