बहुलाहा कुकुरले टोकेको गाईको दूधखाने दशजना उपचारमा
3-October-2017


जकसन डटकम
कञ्चनपुर, १८ असोज 

कञ्चनपुरको लालझाडी गाउँपालिका–५ देखतभूली कटानका बहुलाहा कुकुरले टोकेको गाईको दूध खानेहरु मंगलबार महाकाली अञ्चल अस्पतालमा उपचारका लागि पुगेका छन् ।
स्थानीय दिवान धामीको गाई बहुलाहा कुकुरले टोकेको दोस्रो दिन मरेपछि दूध खानेहरु अस्पतालमा उपचारका लागि पुगेका हुन् । 

बहुलाहा कुकुरले टोकेपछि गाईको दूध १० जनाले खाएका थिए । गाई मरेपछि मात्रै धामीले बहुलाहा कुकुरले गाईलाई टोेकेको थाहा पाएको गाउँपालिका–५ का सदस्य भीमसेन रानाले बताए । गाईलाई बहुलाहा कुकुरले टोकेको थाहा पाएपछि दूध खानेहरु केही मंगलबार उपचारका लागि अस्पताल पुगेका थिए । 

Write a Comment