डा. गजुरेलको जीवनरक्षा गर्न प्राध्यापकका तीन संस्थाको आग्रह
4-October-2017

जकसन डटकम
काठमाण्डौँ, १९ असोज

प्राध्यापकका तीनवटा संघ संगठनले नेपाल आंशिक प्राध्यापक संघको मागमा ऐक्यबद्धता जनाउँदै आमरण अनसनमा बसेका डा. महेशकुमार गजुरेलको जीवनरक्षाको माग गरेका  छन् । प्रजातन्त्रवादी प्राध्यापक संघ, नेपाल प्रगतिशील प्राध्यापक संगठन र नेपाल राष्ट्रिय प्राध्यापक संगठनले संयुक्त विज्ञप्ति निकालेर आंशिक प्राध्यापकलाई करार गर्नुपर्ने नेपाल आंशिक प्राध्यापक संघको मागमा सहमति र ऐक्यवद्धता जनाएका हुन् ।

संघका अध्यक्ष डा. गजुरेल ९ दिनदेखि आमरण अनसनमा बस्दा समेत सरकार र त्रिभुवन विश्वविद्यालयले वास्ता नगरेपछि प्राध्यापकका तीनवटा संघ संगठनले माग पूरा गरेर उहाँको जीवनरक्षाको माग गरेका हुन् । 

यसैबिच आंशिक प्राध्यापक संघले अब पनि माग पूरा नभए सामूहिक आमरण अनसन बस्ने चेतावनी दिएको छ । संघले आंशिक प्राध्यापकलाई करार गर्न माग गर्दै आमरण अनसनमा रहेका डा. गजुरेलको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएकाले उहाँको जीवनरक्षाका लागि तत्काल माग पूरा गर्न सरकारसँग माग गरेको हो ।

Write a Comment

Events
Random Picks