पाँच वर्षका बालकको घाँटी थिचेर हत्या
7-October-2017


जकसन डटकम
धादिङ, २२ असोज

धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १, ब्रुन्दीमा आइतबार राति एक बालकको रहस्यमय तरिकाले हत्या भएको छ । 
 
बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर १, ब्रुन्दीका २५ वर्षका आसमान तामाङले पाँच वर्षका बालक विवेक तामाङको हत्या गरेको आशंकामा  प्रहरीले अनुसन्धान सुरु गरेको  छ ।  प्रहरीले घटनाका बारेमा अनुसन्धान सुरु गरेको इलाका प्रहरी कार्यालय गजुरीका  प्रहरी निरीक्षक बरुण सिंहले जानकारी दिनुभयो । हत्यामा संलग्न आसमान तामाङलाई प्रहरीले पक्राउ गरेको छ । 
 
घरमै सुतेका ५ वर्षीय विवेक तामाङको घाँटी थिचेर हत्या गरेको ताल्तीका शिक्षक तुलसी थापाले जानकारी दिनुभयो ।

Write a Comment

Events
Random Picks