कास्कीमा ५ सय ६५ जना बालिका श्रमिक
11-October-2017


उमा आलेमगर
पोखरा, २६ असोज


कास्कीमा ५ सय ६५ जना बालिका श्रमिक रहेको एक तथ्यांकले देखाएको छ । सन् २०११ को तथ्यांकले ५ सय ६५ जना बालिका श्रमिक रहेको महिला तथा बालबालिका कार्यालयले जनाएको छ । बालिका विभिन्न बाध्यता र प्रलोभन र आर्थिक अवस्था कमजोर हुदाँ श्रमिक बन्न पुगेका हुन् । यद्यपी पछिल्लो तथ्यांक भने संकलन नभएको महिला तथा बालबालिका कार्यालय कास्कीका प्रमुख तथा बाल कल्याण अधिकृत लक्ष्मीदेवी जिसीले जानकारी दिईन् ।

यस्तै कास्कीमा १४ जना बालिका जबरजस्तीकरणीको शिकार भएका छन् । गत आव २०७३÷०७४ मा १४ जना बालिका जबरजस्तीकरणीको शिकार भएका हुन् । यस्तै ३ जना बालिका जबरजस्तीकरणी उद्योग, १ जना मानव वेचविखन, ७ बाल विवाह, १ वटा बाल यौन दुराचार र २ वटा आत्महत्याको घटना भएको जिसीले बताईन् । 

जिसीका अनुसार बालिका माथि यौन दुव्र्यवहार तथा बलात्कार घटनाहरु हुने गरेका छन् । नजिकको चिने जानेका आफन्त, शिक्षकहरु तथा अन्य व्यक्तिहरुले बालिकाहरुको संवेदनशील अंगहरुमा असर पु¥याउने, अश्लिल शब्दहरुको प्रयोग गर्ने, शिक्षण सिकाइमा बालिकाहरुलाई विभेद गर्ने लगायतका अत्यन्तै अमानवीय र लज्जित कार्यहरु हुने गरेको भेटिएका छन् । कतिपय विद्यालयका बालिकाहरुले यस्ता कैयन घटनाहरु अझै पनि लुकाएर बसिरहेका छन् । समाजमा बेइज्जत हुने डरले कसैसँग नभनी लगातार तड्पिरहेका छन् । विभिन्न प्रलोभनमा पारेर बालबालिकालाई वेचविखन तथा ओसारपसार गर्ने गरिन्छ भने बालिका हिंसा तथा बालविवाह हुने गरेका छन् ।

अहिले पनि बाल्यकालमै विवाहित महिलाको संख्या ७० लाख भन्दा बढी हुने गरेको पाइएको छ । हरेक ३ जनामा एक महिला वा २५ करोड महिलाको १५ वर्ष उमेर नपुग्दै विहे हुने गरेको अध्ययनले देखाएको छ । १८ वर्ष उमेर नपुग्दै विहे हुने बालिकाहरु विद्यालय शिक्षालाई निरन्तरता दिने सम्भावना न्यून हुने र उनीहरु विभिन्न किसिमका घरेलु हिंसाको शिकार हुने सम्भावना बढी रहन्छ । २० देखि ३० वर्षका महिलाहरुको तुलनामा कलिला उमेरका किशोरीहरुको गर्भावस्था तथा प्रसव वेला आउने जटिलताका कारण मातृ मृत्युदर बाल मृत्युदर एंव शिशु मृत्युदरको जोखिम उच्च हुन्छ । 

छोरालाई वंश संरक्षकको रुपमा हेर्नु, कुलको दीप, दाह संस्कारका निम्ति छोराको आवश्यकताको मान्यता राख्नु आर्थिक उपार्जनका निम्ति छोरालाई जिम्मेवार बनाउनु, बुढेसकालको सहारा र संरक्षक छोरालाई सोच्नु, धार्मिक र सामाजिक रितिरिवाजका निम्ति छोरालाई महत्व दिनु, सुरक्षाको प्रत्याभूतिका निम्ति गर्दा बालिका प्राथमिकतामा पर्न सकेका छैनन् । 

बालिका, किशोरी केन्द्रित शिक्षाको अभाव हुनाले, बालिका, किशोरी केन्द्रित कार्यक्रमहरु र अथृपूर्ण सहभागीता नहुनुका कारणले, बालिका र किशोरी माथि हुने बलात्कार, यौन शोषण, यौन धन्दाका व्यवसाय, वेचविखन र ओसारपसार गर्नु, भू्रण हत्या, लैगिंक विभेद जस्ता घटनाहरु हुनु, बालविवाह गर्न दौतरीहरुबाट दबाब आईरहनु, अपाङ्क भएका कारण हुने दुव्र्यवहार गर्ने प्रवृत्ति नरोकिनु, कुनै पनि सूचना प्रवाह वा सहि जानकारीहरुलाई यक्किन गर्न नसक्नु, बालिका तथा किशोरीहरुको मनोविमर्श एवम् सचेतनाका बहसहरु नहुनुले बालिका माथि हुने हिंसाले प्रश्रय पाइरहेको अवस्था छ । 

त्यसैले संयुक्त राष्ट्र संघले बालिका संरक्षणको विषयलाई प्राथमिकतामा राखि सन् २०१२ देखि प्रत्येक वर्ष अक्टोवर ११ लाई अन्तराष्ट्रिय बालिका दिवसको रुपमा मनाउने निर्णय गरेको छ । नेपालले सन् २०१४ मा लण्डनमा आयोजित किशोरी सम्मेलनमा सहभागीता जनाई ऐक्यवद्धता जारी गरेको थियो । महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको आयोजनामा २०७२ चैत्त ७ गते काठमाण्डौँमा पहिलो पटक एक राष्ट्रिय स्तरको बालिका सम्मेलन गरि बालिकाको सवाललाई विशेष रुपमा अगाडी बढाइएको थियो भने नेपाल सरकारले किशोरी रणनिती समेत ल्याएको छ ।

Write a Comment

Events
Random Picks