राष्ट्रिय लोकदोहोरी गीत प्रतिष्ठान कास्कीमा बिवाद,ठेक्का प्रवृत्ति हावि हुँदै
2-July-2015

माधब भुसाल पोखरा,असार १७ । राष्ट्रिय लोकदोहारी गीत प्रतिष्ठान कास्की यतिबेला बिवादै बिवादमा मुछिएको छ। पुराना लोकगायकहरुले नयाँ पुस्ताका गायकहरुलाइ स्थान नदिएपछि प्रतिष्ठान बिवादमा तानिएको हो । 

बिभिन्न मेला महोत्सवमा हुने कार्यक्रमहरुमा आफ्ना निकटका गायकहरु मात्रै बोलाउने, जसले गर्दा बाँकी मर्कामा पर्ने गरेको गुनासो गायकहरुले गरेका छन् ।‘हामिले धेरै मिहेनत र लगानी गरेर एल्बम बजारमा ल्याउछौ’ एक गायकले नाम नबताउने सर्तमा भने ‘एल्बम बाट लगानी उठ्न पनि गाह्रो हुने यो अवस्थामा केही ठुला भनौदा गायकहरुले एल्बम नै ननिकालेका तर आफु निकटको भएकै कारण बिभिन्न कार्यक्रममा बोलाउने गरेका छन्।’ यस्तो ब्यवहारले गर्दा आफुहरु मारमा पर्ने उनको गुनासो छ।

यस्तै पोखरामा हुने मेला महोत्सवमा पनि बोलाएर पैसा नदीने गरको श्रोतले बताएको छ। यसरी आयोजना हुने मेलाहरुमा एक ब्यक्तिले ठेक्का लिने र आफु निकट रहेकाहरुलाइ मात्र प्राथमीकता दिएर बाँकीलाइ हेपाह प्रवृत्ति देखाइने गरेको बताइएको छ। केही कार्यक्रमहरुमा बोलाइने गरिएको भएपनि उचित पारिश्रमीक नदिने र कार्यक्रम सकिएपछि दिन आनाकानी गर्ने गरेको श्रोतले जनाएको छ। बिशेषगरी केही पुराना गायकहरुमाझ ठेक्का प्रवृत्ति हावि हुने गरेको र ठेक्का आफ्नो पोल्टामा पार्न लुछाचुँणी गर्ने पाइएको श्रोतको दाबि छ। 

 

Write a Comment

Events
Random Picks