म्याग्दीमा भूकम्पको धक्का महसुस, ५ सेकेन्ड जमिन हल्लियो
15-October-2017


जकसन डटकम
म्याग्दी, ३० असोज

म्याग्दीको सदरमुकाम बेनीबजार तथा आसपासका क्षेत्रमा आज बिहान भूम्पकको धक्का महसुस गरिएको छ ।

आज विहान ५ बजे धौलागिरी गाउँपालिका वडा नम्बर ३ मुनामा केन्द्रबिन्दु बनाएर ४ दशमलव २ म्याग्नेच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । भूकम्पको कारण करिव ५ सेकेन्ड जमिन हल्लिएको स्थानीयले बताएका छन् ।

त्यसैगरी बेनी आसपास र धौलागिरि गाउँपालिका– ७ को ताकमका पनि भूकम्पको ठूलै धक्का महसुस गरिएको बताइएको छ ।

Write a Comment

Events
Random Picks