युवा पत्रकार अधिकारीमाथी हातपात गर्ने बिकाश गुरुङ पक्राउ
15-October-2017


जकसन डटकम
पोखरा, २९ असोज

पोखराका युवा पत्रकार सुरेशराज अधिकारी माथी हातपात गर्ने बिकाश गुरुङलाई प्रहरीले पक्राउ गरेको छ । समाचार संकलनको क्रममा आईतबार पोखरा लेखनाथ महानगरपालिका कार्यालय परिसरमा पुगेका माछापुच्छ्रे एफ एम र समाधान दैनिकमा कार्यरत पत्रकार अधिकारी माथी पोखरा लेखनाथ २८ का बिकाश गुरुङले अपशब्द प्रयोग गर्दै हातपात गरेका थिए ।

सो घटनाबारे नेपाल आदिबासी जनजाती पत्रकार महासंघ कास्की शाखाले आपत्ति जनाएको छ ।

Write a Comment

Events
Random Picks