घुम्नका लागि राम्रो गन्तव्य धम्पुस
17-October-2017


उमा आलेमगर
पोखरा, ०१ कात्र्तिक

तिहारको विदामा कतै घुम्न जाने सोच बनाउनुभएको छ । यदि बनाउनुभएको छैन बनाउँदै हुनुहन्छ भने तपाई एक मात्र गन्तव्य बन्न सक्छ धम्पुस । शान्त सितल र हरियाली वातावरण, हरियोवनको बाटो मन नै लोभ्याउने ठाउँ ।  जोकोहीलाई धम्पुसले एक चोटि गएपछि अर्को चोटि फेरि  जान मन लाग्ने बनाउने छ । 

धम्पुसबाट हिमाललाई नजिकैबाट देख्न सकिने चाहाना पूरा गर्न पनि धम्पुस राम्रो गन्तव्य बन्न सक्छ । बाटो रोमाञ्चक वनकै बाटो तर ढुंगाहरु बिच्छ्याएर सजिलो बनाइएको थियो । चराचरुंगीको आवाज, ठाउँठाउँमा स–साना खोल्साहरु । डाँडाकाडा, गुरुङ वस्ती, स्तरिय सुविधा सम्पन्न होटलहरुको व्यवस्था, जहाँ बस्नको लागि कुनै समस्या छैन । 

सयद बिम्व कवि रमेश श्रेष्ठको शब्दमा रजनी राईले गाउनुभएको गीत
‘सुनाखरी सुनगाभा, 
गुराँस जस्तो यो मन, 
साट्न आउनु धम्पुस गाउँमा,  
हिमाल जस्तो जोवन‘

गीत पनि त्यसैको लागि बनेको होला । नजिकैको तीर्थ हेला भने जस्तै यही ठाउँलाई हेर्न मात्रै विदेशका कुनाकाप्चाबाट नेपाल भन्दै पर्यटकहरु आउँने गर्छन् ।  तर हामी नेपाली नजिकका ठाउँहरु पुग्दैनौं । तर अहिले विस्तारै आन्तरिक पर्यटकहरुको सख्या पनि बढ्ढै गएको छ । घुम्ने सस्ंकृतिको पनि विकास भइरहेको छ । पोखराबाट बसमा १ घण्टाको बाटोमा जान सकिने र जाँदा क्यामरा लिएर जान नबिर्सिनु होला, धम्पुसमा विताएको पललाई कैद गर्न । 

Events
Random Picks