‘तिहारको खेल, मज्जाको खेल’ सुरु, मुक्तिनाथ बैंकको सहकार्य
18-October-2017

जकसन डटकम
पोखरा, ०२ कार्तिक 

तिहारको अवसर पारेर बिग एफएम पोखराले बर्षेनी आयोजना गर्दै आएको रेडियो गेम शो ‘तिहारको खेल मज्जाको खेल’ सुरु भएको छ । यस बर्ष मुक्तिनाथ बिकास बैंकले सहकार्य गरेको छ । नयाँबर्ष होस् या भ्यालेन्टाईन डे, तीज, दशैं होस् या तिहार । रेडियोले हरेक पर्व र उत्सव श्रोतासँगै विभिन्न रमाईलो ईभेन्टमार्फत मनाउँदै आएको पाएका छौं । यसपटक हामी समेत जोडिन खोज्यौं । बैंकका रिजनल म्यानेजर बाबुराम ढकालले भने– ‘यसबाट बैंकको बारेमा श्रोताहरुलाई थप जानकारी हुने पनि हामीले ठानेका छौं ।’

‘तिहारमा जुवा खेलेर पैसा र समय बर्बाद गर्ने प्रचलन छ, जहाँ धेरैजनाले हार व्यहोर्छन् ।’ एफएमका मार्केटिङ अफिसर अर्पण तिवारीले भने–‘तर हामीले खेलाईने खेलमा स्रोताहरुलाई जित मात्रै हासिल हुनेछ, त्यसका लागि उहाँहरुले एसएमएस गरे पुग्छ ।’ तिहारलाई स्रोताहरुसंगै मनाउने र मनोरञ्जनसँगै पैसा समेत जिताउने उद्देश्यले एफएमले कार्यक्रम गर्दै आएको छ । रेडियो गेम शो कात्तिक १ गते कुकुर तिहारदेखि ३ गते गोबद्र्धन पुजासम्म साँझ ७ बजेदेखी ९ बजेसम्म चल्नेछ । खेल खेलेर स्रोताहरुले २० हजार रुपैँयासम्म जित्न सक्ने कार्यक्रम प्रस्तोता कमल थापाले बताए । 

एसएमएस गरि आफुलाई दर्ता गर्नका लागि स्रोताहरुले आफ्नो मोबाईलको मेसेज बक्समा गई बीआईजी टाईप गरेर एक स्पेस दिइ एफएम लेखि ३४३२१ मा पठाउनुपर्नेछ । एफएमले एसएमएसहरुमध्ये लक्की ड्र गरि स्रोताहरुलाई आफै फोन गरेर ‘तिहारको खेल मज्जाको खेल’ खेलाउनेछ । १५ वटा नम्बर मध्ये श्रोताले पालैसित १४ पटकसम्म नम्बर छान्दै जानुपर्नेछ । अन्तिम लक्की नम्बरमा भएको नगद श्रोताको नाममा हुनेछ । अधिकतम २० हजार रुपैँया सम्म जित्न सक्ने एफएमले जनाएको छ । मुक्तिनाथ विकास बैंक पछिल्लो समय निकै चर्चित बैंक हो । गाउँगाउँसम्म लघुवित्त कार्यक्रमले ग्रामिण क्षेत्रको विकासमा यसको महत्वपूर्ण योगदान छ । 

यसअघि, बिग एफएमले दशैँको अवसर पारेर ‘महा–आजिजा’ खेलाएको थियो । पोखरा सस्तोबजारको सहकार्यमा भएको सो महाआजिजामा पनि अधिकतम २० हजार सम्म प्रत्येक श्रोताले जित्ने अवसर थियो । विभिन्न ईभेन्टमार्फत पश्चिमाञ्चलमै नम्बर वान बन्न सफल एफएमले वर्षेनी ‘बिग आईकन’ नामक गायन रियालिटि शो समेत गर्दै आएको छ ।

Events
Random Picks