तमु प्ये ल्हु सघ कास्कीले पोखरामा “लोपोन्मुख धर्म गुरु वोँन्पो लम“ को भेला गर्ने
27-October-2017


जकसन डटकम
पोखरा, १० कात्र्तिक

लोपोन्मुख अवस्थामा रहेको बोँन्पो लमको सरक्षण र सर्मद्दनका लागी पोखरामा तमु प्ये ल्हु सघ जुटेको छ। तमु प्ये  ल्हु सघ कास्कीको आयोजनामा, लमजुङ र गोरखा शाखाको सह आयोजनामा तथा केन्द्रिय समितिको सरक्षकत्वमा कार्तिक २४,२५ र २६ गते पोखरा फ लि ना क्होईवो शक्तिघाटमा लोपोन्मुख धर्म गुरु वोँन्पो लम भेलाको आयोजना गरिएको छ। 

तमु जातीले मान्दै आएको  मौलिक बोन धर्म (प्येताँ ल्हुताँ) अन्तरगतको धार्मिक भुमिका र जिम्मेवारी अनुसार तमु समुदायमा तीन धर्मगुरुहरु पच्यु,क्ल्हेप्री र बोँन्पो लम मध्ये न्युन सख्यामा सिमित क्षेत्रमा रहेको,पिक्षडिएको अर्थात ओझेलमा परेको लोपोन्मुख धर्म गुरु वोँन्पो लम र यसैको सरक्षणको लागी भेलाको आयोजना गर्न लागिएको तमु प्ये ल्हु सघ कास्कीले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बताए।

विभिन्न काल खण्डमा भएका अतिक्रमण दमन शोषण र स्वत्रन्त अधिकार हननका कारणले  सिर्जना गराएको  प्रतिकुल परिस्थितिका कारण केही बोन्पो लमहरु आफ्नो मौलिक परम्परा संस्क्रिति सस्कार त्यागेर फरक कर्म काण्ड  गरी नया पहिचान बनाउन थालेका र मौलिक तमु धर्म गुरु वोँन्पो लम लोप हुदै गएको प्रति आयोजकले दुख व्यक्त गरे। यस्तो दुखद अवस्थामा  पनि आफ्नो मौलिक पहिचानलाई आत्मसात गरदै परम्परागत बोन धार्मिक  आस्था विश्वास र अभ्यासलाई कर्तव्य निष्ठ रुपमा निरन्तरता दिदै आएको बोन्पो लमहरुको संगठित स्वरुप  निर्माण गरी यथोचित उत्थान गराउनको लागी एतिहासिक राष्ट्रिय  प्रथम तमु  बोन्पो लम भेला आयोजना गरिएको तमु प्ये ल्हु सघ कास्कीका कार्यबाहक अध्यक्ष एबम भेलाका सयोजक ओम पच्यु तमुले बताए।

तमु प्ये ल्हु सघले बोन्पो लमलाई खोजेर जगेर्णा गर्नको लागी  भेलाको आयोजना गरिएको समेत तमुले बताए। बोन्पो लम लोपोन्मुख अवस्थामा केही गाउहरुमा सिमित रहेको हुनाले  पुराना अग्रज बुढापाकाहरु बाहेक  धेरै जसोले बोन्पो लमको बारेमा बुझेको छैन। पोशाक देखी  लिएर प्रयोग गर्ने सामग्री र वाचन गर्ने प्येहरुको वारेमा  अधिकाश  तमुहरु अनविज्ञ रहेको त्यसै गरी अहिलेको बर्तमान अवस्थामा कति पयले बोन्पो लम भनेर लामाहरुको प्रयोग गरि रहेको भ्रमपुर्ण स्थिति हरु पनि रहेको र लामाहरुले तमु बोन्पो लमको स्थान ओगटेर बोन्पो लमलाइ विस्थापित गराइेको प्रति दुख व्यक्त गर्दै नबुजेकालाई बुझाउन र नदेखेकालाई देखाउन र भ्रममा परेकालाई भ्रमबाट हटाउन  सार्वजनिक रुपमा बोन्पो लमको पहिचान तथा गराउनु पर्ने आवश्यकता आईपरेकोले भेला आयोजना गरिएको उहाले बताए।

भेला सम्पन्न गर्नका लागि तमु प्ये ल्हु संघको यु।के।, युएई, हङकङ, कतार, ओमन, इजरायल, अफगानिस्तान, मकाउ, बहराइन, कुवेत, कोरिया, साउदी अरब लगायतको देशमा रहेका शाखा समितिहरुबाट आर्थिक सयोग प्राप्त भएको संघद्धारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । तीन दिनसम्म चल्ने भेला सम्पन्न गर्न नौ लाख रुपैया खर्च लाग्ने आयोजकले जनाएको छ ।

भेलामा देशभरबाट करिब २ सय जना वोँन्पो लमहरुको सहभागिता हुने आयोजकको अपेक्षा रहेको छ । यसैगरि भेलमा देशबाट एकसय जनाको हराहरीमा क्ल्हेप्री र त्यति नै सङ्ख्यमा पच्यु गुरुहरु तथा केहि संङख्यमा पैडीहरु समेत सहभागि हुने भएको छ ।

वोँन्पो लमहरु हाल कास्की, लमजुङ, गोर्खा, मनाङ, मुस्ताङ, तनहुँ, धादिङ, संखुवासभा लगायतको जिल्लामा मात्रै अस्तित्वमा रहेको भन्दै उनीहरुको संरक्षण, एकता र प्रवद्र्धन आवश्यक रहेकोले पनि भेला आयोजना गर्नु परेको तमु प्ये ल्हु संघका पूर्व केन्द्रिय अध्यक्ष एवं संस्कृतिवद ले।इन्द्रबहादुर तमुको भनाइ रहेको छ ।

एतिहासिक  प्रथम तमु बोन्पो लम भेलामा बोन्पो लमको पहिचान तथा प्रदर्शन गराउने,बोन्पो लमको बर्तमान अवस्था र यथर्ता बारे जानकारी गराउने ,बोन्पो लम सङगठित गरी लम जागरण अभियान सङ्ग सम्बन्धित आ धारभुत कुराहरु समेट्ने लक्ष्य लिएको  बताए। कार्यक्रमको पहिलो दिनमा झाकी सहितर्को याली नगर परिक्रमा गर्ने ,दोस्रो दिन  बोन्पो लम सम्बन्धी कार्यपत्र प्रस्तुत गर्ने ,समिति गठन गर्ने  र तेस्रो दिन घोषणा पत्र सार्वजनिक तथा समापन गर्ने कार्यक्रम रहेको छ। उक्त कार्यक्रममा सस्क्रिति विद्द  प्रा डा जगमान तमुले सम्बोधन गर्ने आयोजकले बताए।

Write a Comment

Events