काहुँडाडाँलाई दार्जिनिङ्ग र सिक्किम जस्तो बनाउने वडा नं. ३ का वडाध्यक्ष प्रजुको भनाई
31-October-2017


उमा आलेमगर
पोखरा, १५ कात्र्तिक

पोखरा लेखनाथ महागरपालिका वडा नं. ३ का वडाध्यक्ष रविन्द्रबहादुर प्रजुले काहुँडाडाँलाई दार्जिलिङ र सिक्किम जस्तो बनाउने आफुहरुको योजना रहेको बताएका छन् । शहरको जनघनत्वलाई सजिलो बनाउन दार्जिलिङ र सिक्किम जस्तो काहुँडाडाँमा वस्ती योजना रहेको बताएका हुन् । 

डाडाँकाडाँमा वस्तु बसाउन सकिन्छ भन्दै उनले विकासको कामलाई दिनमा मात्र नभई रातमा पनि सञ्चालन गर्नुपर्नेमा जोड दिए । विदेशमा रातारात काम गरेर सडक निर्माण गरिने उदाहरण दिदैँ रातमा पनि विकास निर्माणको काम गर्न सके छिटै विकासको गतिले फड्को मार्ने उनले दाबी गरे । त्यसको लागि आधुनिक प्रविधिको प्रयोग गर्न आवश्यक छ । विकासको कुरा उठाउँदा वडाको मात्र नसमेटेर समग्र पोखराको सोच्नुपर्ने उनको बुझाई छ । पोखरामा अन्तराष्ट्रिय विमानस्थल बन्दै छ सबैलाई थाहा तर कति जना निर्माणको कति सम्पन्न भयो वा निर्माणको काम के भइरहेको छ भनेर त्यहाँ हेर्न गएको छ ? उनले प्रश्न गर्दै भने वडा नं. ३ लाई मात्र होइन्, पोखराको शान फेवाताललाई सफा बनाउनुपर्छ, त्यसको लागि चिनियिा टोलीसँग समन्वय भएको उनले बताए । 

चीन सरकारको सहयोगमा पोखरा उद्योग वाणिज्य संघको पहल तथा संयोजनमा पोखराका मुख्य मुख्य चोकमा सोलार बत्ती राख्ने योजना बनेको छ । पोखराको अबको सय वर्षलाई हेर्न रिङ्गरोड सहितको वस्ती बसाउन जाइकाले माष्टर प्ल्यान बनाएको छ । मध्यलोक राजमार्ग अन्तरगत वडा नं. ११ र १३ को बीचमा डेढ वर्षमा निर्माण सम्पन्न गर्ने गरि १५ करोडको लगानीमा पुल निर्माण काम भइरहेको छ । महानगरको विद्यालयहरुमा प्राथमिकताका साथ भौतिक, शैक्षिक उन्नतीको लागि बजेट विनियोजन गरिने छ । क्रिकेटलाई राष्ट्रिय स्तरको रुपमा विकास गर्न महानगर स्तरिय क्रिकेट प्रतियोगिता वडा नं. ३ ले गर्ने छ । 

वडामा ट्रफिकको सिग्नल राख्ने, जेब्र क्रसिङ्ग बनाउने, खानेपानी व्यवस्था, फोहोरमैलाको व्यवस्थपन, ढल बनाउने, पार्क, खेलकुद मैदान, सार्वजनिक शौचालय, तुलसीघाटमा व्यवस्थित शवदाह निर्माण योजना रहेको वडा कार्यालय जनाएको छ । प्रशासनिक कामहरुलाई सर्वसुलभ र छिटो छरितो सेवाग्राहीको काम सम्पन्न गर्ने प्रयास कार्यालयले गर्ने छ । जहाँ समस्या त्यहाँ तत्काल समाधान गर्ने प्रयास गरिले प्रजुले बताए । विकास निर्माणका योजनालाई प्राथमिकतामा राख्ने र प्राथमिकताका आधारमा बजेट खर्च गर्ने वडा कार्यालयले जनाएको छ । 

फोहोरमैलाको सवालमा झरी परेपछि बाटोमा फोहोर बगाउने सर्वसाधारणलाई अनुगमन गरेर कारवाहीको दायरामा ल्याईने छ । टोलले नै फोहोर उठाउने व्यवस्था गर्ने तथा फोहोर व्यवस्थापन गर्न सचेतनामुलक कार्यक्रम गरिने छ । वडा नं. ३ रहेको ६÷७ वटा ऐतिहासिक मन्दिरको अभिलेख राखिने छ । जहाँ बजेट आवश्यक त्यहाँ बजेट दिनुपर्छ भन्दै वडाध्यक्ष प्रजुले स्थानिय जनतासँग समन्वय र सहकार्य गरेर अगाडी बढ्ने बताए । त्यसको लागि नियमित बैठक बसी छलफल गरिरहेको र महानगरसँग पनि समन्वय गरेर जाने बताए ।

 

Write a Comment

Events
Random Picks