तुलसी—टंकादेवी पुरस्कार पनेरु र मिना गुरुङ सृजनशिल पुरस्कारबाट पगेँनी सम्मानित
4-November-2017


उमा आलेमगर
पोखरा, १८ कात्र्तिक

यसवर्षको तुलसीप्रसाद—टंकादेवी कोइराला स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार माधव पनेरु र मिना गुरुङ सृजनशिल पुरस्कार २०७३ बाट सरिता तिमिल्सिना पगेँनी सम्मानित भएका छन् । उनीहरुलाई शनिबार नेपाल पत्रकार महासंघ कास्कीले पोखरामा आयोजना गरेको तुलसीप्रसाद—टंकादेवी कोइराला स्मृति पत्रकारिता पुरस्कार—२०७३ तथा मिना गुरुङ सृजनशिल पत्रकारिता पुरस्कार—२०७३ अर्पण समारोहमा सम्मान गरिएको हो ।

सम्मानित व्यक्तित्व पनेरुलाई नगद २० हजार १ को साथमा दोसल्ला, सम्मानपत्र र टिकाले राष्ट्रपति विद्यादेवी भण्डकारीका प्रेस सल्लाहकार माधव शर्मा, छनौट समितिका संयोजक कुशुमकेशव पराजुली, पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण ज्ञवाली, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ र तुलसीप्रसाद—टंकादेवी कोइराला स्मृति पत्रकारिता पुरस्कारका पुरस्कारदाता सुवर्ण कोईरालाले सम्मान गरेका हुन् ।

त्यसैगरि पगेँनीलाई नगद ११ हजार १ सय ११ को साथमा दोसल्ला, सम्मानपत्र र टिकाले राष्ट्रपति विद्यादेवी भण्डकारीका प्रेस सल्लाहकार माधव शर्मा, पत्रकार महासंघका केन्द्रिय सदस्य रामकृष्ण ज्ञवाली, नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठ र मिना गुरुङ सृजनशिल पुरस्कारका पुरस्कारदाता मिना गुरुङले सम्मान गरेका हुन् ।

सम्मान कार्यक्रममा बोल्दै प्रमुख अतिथि राष्ट्रपति विद्यादेवी भण्डकारीका प्रेस सल्लाहकार तथा प्रेस स्वतन्त्रता सेनानी माधव शर्माले पत्रकार महासंघ पोखराका पत्रकारहरुको देन भएको भन्दै यो सबै पत्रकारको आत्मियताले भएको बताए । ट्याङ्कीमा धमिलो पानी राखेर धारामा छानेर पानी थाप्ने चलन यहाँ रहेकोले पोखराको पत्रकारितामा लाज मान्ने अवस्था नआओस् भनी कामना गरे ।

सम्मानित व्यक्तित्व माधव पनेरुले जीवमा लक्ष्य लिएर अगाडी बढेमा प्राप्त गर्न सकिने भएकोले यो उपलब्धि पनि त्यसैको श्रेय भएको बताए । अर्का सम्मानित व्यक्तित्व पगेँनीले पोखराको पत्रकारिता पारिवारिक भएको बताउँदै यहाँ पत्रकारले मिलेर काम गर्ने बताईन् । उनले मिडियाहाउस महिलामैली हुनुपर्नेमा जोड दिदैँ, त्यसो गरेमा विवाह र गर्भवती भएकै कारण महिला पत्रकारिताबाट पलायन हुन नपर्ने बताईन् । 

कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारी, पुरस्कादाताद्धय सुवर्ण कोइराला र मिना गुरुङ, नागरिक समाजका संयोजक रामबहादुर पौडेल, पत्रकार महासंघ कास्कीका पूर्व अध्यक्ष कृष्णप्रसाद वास्तोला लगायतले बोलेका थिए ।

सम्मानित व्यक्तित्व पनेरुको व्यक्तित्वको बारेमा छनौट समितिका संयोजक कुशुमकेशव पराजुली र पगेँनीको व्यक्तित्वको बारेमा राज गुरुङले जानकारी दिएका थिए । करिब डेढ दशक अघि पत्रकारिता सुरु गरेका पनेरु हाल विग एफ.एमका समाचार प्रमुख र पोखरा आवाजमा कार्यरत रहेका छन् भने पगेँनी रेडियो अन्नपूर्ण र हिमदूत राष्ट्रिय दैनिकमा कार्यरत रहेकि छिन् ।

नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष दिपेन्द्र श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष त्रिभूवन पौडेल, धन्यवाद ज्ञापन महिला उपाध्यक्ष विमला भण्डारी र सञ्चालन सचिव रामप्रसाद तिमिल्सिनाले गरेका थिए ।

Write a Comment

Events
Random Picks