बढ्यो सूर्य चुरोटको मूल्य
7-July-2015

काठमाडौं असार २१ / सूर्य नेपाल प्रालिले उत्पादन गर्ने सूर्य चुरोट एक पेटीमा १ सय रुपैयाँले बढेको छ। १ हजार ४ सय १० रुपैयाँ पर्ने चरोटको पेटीलाई अब भने १ हजार ५ सय १० रुपैयाँ पर्ने भएको छ।  एक पेटीमा १० बट्टा हुन्छ ।

 बजारमा अब एक बटा चुरोटलाई ग्राहकले न्यूनतम १ सय ५५ रुपैयाँदेखि १ सय ६० रुपैयाँसम्म तिर्नु पर्ने छ।

डिलरले भने व्यापारीलाई १ सय ५१ रुपैयाँमा उपलब्ध गराएको छ। सोहि चुरोट मूल्य वृद्धि हुनु अघि डिलरले १ सय ४१ रुपैयाँमा व्यापारीलाई दिँदै आएको थियो।

Events
Random Picks