मुग्लिन–नारायणगढ सडकखण्ड आज पनि बन्द
11-November-2017


जकसन डटकम
चितवन, २६ कात्तिक

मुग्लिन–नारायणगढ सडकखण्ड अहिले बन्द भएको छ । बाटो मर्मत र चट्टान हटाउने काम भइरहेकाले बाटो बन्द गरिएको मुग्लिन–नारायणगढ सडकखण्ड आयोजनाले जनाएको छ । बाटो बन्दा हुँदा यो सडकखण्डमा गाडीको लामो जाम छ । शनिबार दिनभरि बन्द भएको सडकखण्ड राति मात्रै एकतर्फी खुलाउन सकिएको थियो । पहाड कटान गर्दा ठूल्ठूला ढुंगा खसेकाले त्यसलाई हटाउन समस्या भएको छ ।

ठूला ढुंगालाई अहिले फुटाएर हटाउने काम भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार बिहान १० बजेतिर बाटो खुलाएर जाममा रहेका गाडी हटाउने तयारी भएको छ । 

आइतबारदेखि यो सडकखण्डमा कालोपत्रे गर्ने ठाउँमा एकतर्फी बाटो सञ्चालन गरिने र भित्तो काट्ने ठाउँमा बिचबिचमा सडक रोक्दै काम अघि बढाइनेछ । आइतबारदेखि एकहप्ता परीक्षण स्वरुप बाटो रोक्दै, खुलाउँदै मर्मत गरिने चितवनका ट्राफिक प्रहरी प्रमुख तथा प्रहरी निरीक्षक सन्तोष पन्तले जानकारी दिनुभयो ।
 

Write a Comment

Events
Random Picks