सिंहदरबारमा सवारी दुर्घटना
12-November-2017

२६ कात्तिक,

सिंहदबारको पुनर्निमाण प्राधिकरण नजिक सवारी दुर्घटना भएको छ ।

भर्खरै त्यहाँ बालजु औद्योगिक विकास क्षेत्र लिमिटेड कार र अर्को एक निजी कार एकआपसमा ठोक्किएका हुन् ।

बा ५ प ४१३० नम्बरको निजी र औद्योगिक विकास क्षेत्र लिमिटेको बा १ ञ २०४७ नम्बरको कार एकआपसमा ठोक्किँदा दुर्घटना भएको थियो । यद्यपि, दुर्घटनामा कोही घाइते भने भएका छैनन् ।

गृह मन्त्रालयबाट प्रधानमन्त्री कार्यालय आउने बाटोतिर आउँदै गर्दा क्रस रोडमा दुर्घटना भएको जनाइएको छ ।

Write a Comment

Events
Random Picks