रौतहटमा बसको ठक्करबाट २ जनाको मृत्यु
19-November-2017

 ३ मंसिर,

रौतहटमा बसले मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । 

चन्द्रनिगाहापुरबाट गौर जाँदै गरेको ग १ ख ६६२४ बसले विपरित दिशाबाट आउँदै गरेको भारतीय नम्बरप्लेटको बीआर ३० एन ५५९५ मोसाइकललाई गरुडा नपा ४ मा ठक्कर दिएको थियो । 

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक मुनि मिश्र र पछाडि बसेका रामप्रकास यादवको चपुर अस्पतालमा लगिए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए ।

Write a Comment