ट्रकले र मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु
22-November-2017


जकसन डटकम
इलाम, ०६ मंसिर 

मेची राजमार्गअन्तर्गत् इलामको फिक्कलमा ट्रक र मोटरसाइकल एकापसका ठोक्किँदा बुधबार दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तनहुँ, ब्यास नगरपालिका–१ का २७ वर्षीय शरद पौडेल र इलाम, देउमाई नगरपालिका–५ का २५ वर्षीया अस्मिता राई रहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ ।

इलामबाट झापातर्फ गइरहेको मे१ख १९४२ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेकोे ग१२प ४८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक पौडेलको घटनास्थलमै र सँगै रहेकी राईको उपचारका लागि झापातर्फ लाँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनापछि अनुसन्धानका लागि ट्रक र त्यसका चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । 

Write a Comment

Events
Random Picks