नेपाल आज आयरल्याण्डसंग भिड्दै
13-July-2015

जक्सन डटकम असार २८ . विश्वकप ट्वेन्टी–२० छनोट क्रिकेट प्रतियोगिताको तेस्रो खेलमा आज नेपालले आयरल्याण्डसंग खेल्दैछ ।

पहिलो खेलमा अमेरिकालाई जितेर हौसिएको नेपालले दोस्रो खेलमा भने वर्षाले खेल रद्द भएसंगै नामिबियासंग अंक बाँडेको थियो ।

उता आयरल्याण्ड भने लगातार दोस्रो खेलमा विजयी हुँदै समुहको शिर्ष स्थानमा रहेको छ ।

आयरल्याण्डले पहिलो खेलमा अमेरिकालाई ४६ रनले तथा दोस्रोमा नामिबियालाई ७ विकेटले हराएको थियो ।

समूह ए मा दुई खेलबाट ४ अंक जोडेको आयरल्याण्ड शिर्ष स्थानमा रहँदा ३ अंक जोडेको नेपाल दोस्रो स्थानमा छ ।

खेल साँझ सात बजेबाट सुरु हुनेछ ।

Write a Comment

Events
Random Picks