रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु
22-November-2017


जकसन डटकम
नवलपरासी, ०७ मंसिर

पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत नवलपरासीको कावासोती नगरपालिका–११ लोकाहामा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुईजनाको ज्यान गएको छ ।

बुधबार राति ना ४ ख  ८६ २२ नम्बरको रोकिराखेको ट्रकमा लु ३६ प ५९७४ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा रहेका कावासोती–५ बस्ने अन्दाजी २५ वर्षका रोशनबहादुर ठाडा मगर र २० वर्षका रत्न आलेको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नवलपुरले जनाएको छ ।

Write a Comment

Events
Random Picks