मंसिर १६ गते पोखरामा दोस्रो सिजनको ‘कर्पोरेट कनेक्सन’
23-November-2017


जकसन डटकम
पोखरा, ०७ मंसिर 

‘कर्पोरेट कनेक्सन’को दोस्रो सिजन पोखरामा हुने भएको छ । इभेन्ट कम्पनी ‘एएसएपी’को प्रस्तुतीमा आगामी डिसेम्बर २ अर्थात मंसिर १६ गते शनिबार चाउथेस्थित ‘रोयल पाल्म रिसोर्ट’मा यो कार्यक्रम हुन लागेको हो । आयोजक कम्पनीले यतिबेला यो ‘इभेन्ट’को प्रचारलाई तिव्रता दिएको छ । 

साँझ ६ बजेदेखि हुने यो विशेष साँगीतिक कार्यक्रममा पोखरासँगै देशभरका ‘कर्पोरेट’ क्षेत्रका मानिसहरुको सहभागिता रहने कम्पनीका म्यानेजिङ डिरेक्टर सन्तोष अधिकारीले जानकारी दिए । ‘खासगरि हामीले कर्पोरेट क्षेत्रका मानिसहरुबीचको संजाल विस्तार, रिफ्रेसमेन्ट, अन्तरक्रिया र आइडिया शेयरिङलाई थिम बनाएर यो कार्यक्रम गर्दै आएका छौँ ।’ अधिकारीले भने–‘कार्यक्रम निकै फलदायी हुने हाम्रो अपेक्षा छ ।’

कार्यक्रममा कर्पोरेट क्षेत्रका मानिसहरुलाई लक्षित गर्दै रञ्जित आचार्यको विशेष प्रवचन समेत राखिएको छ । आचार्यले ‘कर्पोरेट’ क्षेत्रका मानिसहरुलाई  प्रोत्साहन गर्ने खालको प्रवचन कार्यक्रममा दिनेछन् । त्यो बाहेक उनीहरुलाई ‘रिफ्रेशमेन्ट’को लागि विशेष साँगीतिक तथा हाँस्य कार्यक्रम पनि त्यो दिन हुनेछ । 

साँगीतिक तथा हाँस्य कार्यक्रममा गायक तथा संगीतकार कालीप्रसाद बाँस्कोटा, नायिका निता ढुंगाना, हाँस्यकलाकार जोगिन्दर पानवाला र जादुगर सुरज मैनालीको विशेष प्रस्तुती रहनेछ । कार्यक्रमको होस्टको रुपमा जिपी तिमिल्सिना र निशा पन्थी रहेका छन् । 

२०१६ मा स्थापित इभेन्ट कम्पनी ‘एएसएपी’ले यसअगाडि सोहि वर्ष ‘कर्पोरेट कनेक्सन’को  पहिलो सिजन गरेको थियो । ‘कर्पोरेट’ क्षेत्रका मानिसहरुबीचको ‘गेट टुगेदर’ले आपसी भाईचाराको विकास गर्न सहयोग गरेको भन्दै यो ‘इभेन्ट’को पुनः माग भएपछि कम्पनीले यसलाई वर्षेनी आयोजना गर्ने तयारी गरेको हो । यो कम्पनीले अष्ट्रेलियामा पनि विभिन्न इभेन्टहरु गर्दै आएको छ । 

 

Write a Comment

Events
Random Picks