गत २४ घण्टामा ३ सय १ सवारी चालक कारवाहीमा
23-November-2017


उमा आलेमगर
पोखरा, ०८ मंसिर


पोखरा लेखनाथ महानगरपालिकामा ३ सय १ जना सवारी चालक कारवाहीमा परेका छन् ।  गत २४ घण्टामा विभिन्न नियम उल्लंघन गर्ने सवारी चालक कारवाहीमा परेका हुन् । कारवाहीमा परेका ३ सय १ जनाबाट २ लाख १४ हजार ५ सय राजश्व असुली गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

कारवाहीमा परेकामध्ये मापासे उल्लंघन गर्ने सवारी चालक ४२ जना रहेको ट्राफिक प्रहरी कार्यालय कास्कीले जनाएको छ । पछिल्लो समय ट्राफिक प्रहरीले मादक पदार्थ सेवनमा कडाइ गर्दै आएको छ । मापासेमा परेका ४२ जनाबाट ४२ हजार राजश्व संकलन गरिएको  जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्की प्रहरी नावय निरीक्षक शिवबहादुर थापाले जानकारी दिए ।

कार्यालयका अनुसार मापसे गर्ने मध्ये मोटरसाईकल चालक ३८ जना गएको २४ घण्टामा कारवाहीमा परेका हुन् । त्यस्तै ४ वटा कार तथा जीपलाई पनि कारवाही गरिएको थापाले बताए ।

विगत २४ घण्टामा कुनै पनि सवारी दुर्घटनाको घटना नघटेको कार्यालयले जनाएको छ ।

Write a Comment