पोखरा साक्षर नगर घोषणा, ९९.६४ प्रतिशत नगरवासी साक्षर
14-July-2015

माधब भुसाल २९ असार, पोखरा । पोखरा उपमहानगरपालिकालाई मंगलवार साक्षर नगर घोषणा गरिएको छ ।आज एक समारोहका बिच उपमहानगरपालिकालाइ  साक्षर नगर घोषणा गरिएको हो । नगरका १५ देखि ६० वर्ष उमेर समुहको जनसंख्या मध्ये ९९.६४ प्रतिशत साक्षर भएपछि नगर साक्षर भएकोे हो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउतले ब्यानरमा लेखिएको पोखरा साक्षर नगर घोषणा कार्यक्रम पढेर पोखरालाई साक्षर नगर घोषणा गरेका हुन् ।

पोखरा उपमहानगरपालिकाका कार्यकारी अधिकृत उदयबहादुर रानामगरले तथ्यांक सार्वजनिक गर्दै अहिले पोखराको जनसंख्या ३ लाख १३ हजार ८ सय ४१ रहेको बातए । त्यसमध्ये १५ देखि ६० वर्ष उमेर समुहको संख्या २ लाख २ हजार ७ सय ४१ रहेकामा २ लाख २ हजार ९ जना साक्षर भएका छन् ।नगरमा रहेका १५ देखि ६० उमेरका ५ हजार ३ सय ६८ जना निरक्षर रहेकामा साक्षर अभियान संचालन गरेर ४ हजार ६ सय ३६ जनालाई साक्षर बनाइएको दावी नगरपालिकाले गरेको छ ।

यस्तै पोखरा उपमहानगरपालिकाका वडा नम्बर २, ३, ४, ५, ७, १४, १६, १७, २३, २४, २५, २६, २७ र २८ का जनता शतप्रतिशत साक्षर भएको तथ्यांकमा उल्लेख छ।

यसअघि पोखराको चिप्लेढुंगाबाट पञ्चेबाजासहित सुरु भएको र्याली न्यूरोड हुँदै पोखरा सभागृहमा पुगेर घोषणा सभामा परिणत भएको थियो । र्यालीमा टोल विकास संस्था, आमा समुह लगायतको सहभागिता थियो ।

Write a Comment

Events
Random Picks