नाटक घरका बनाउन विग एफएमले दियो ५० हजार, हालसम्म करिब पाँच लाख रुपैयाँ संकलन
15-July-2015

३० असार | पोखरामा निर्माण हुन लागेको नाटकघरको लागि विग एफएमले ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ । बुधबार विग एफएमका अध्यक्ष महेश भण्डारीले यूथ क्रियशन थिएटरका अध्यक्ष कपिल शर्मालाई नगद हस्तान्तरण गरे । यूथ क्रियशन थिएटरको अगुवाईमा पोखराको नागढुंगामा नाटक घर निर्माण हुन लागेको हो ।

नाटक घर निर्माणको लागि थालिएको अभियान अन्तरगत अहिलेसम्मकै सबैभन्दा बढि आर्थिक सहयोग विग एफएमले प्रदान गरेको यूथ क्रियशन थिएटरले जनाएको छ । ‘पोखरेलीहरुको लामो समय यताको सपना स्वरुप रहेको नाटक घर निर्माणको लागि विग एफएमले गरेको सहयोग प्रति हामी अति खुशि छौँ ।’ सहयोग रकम प्राप्त गरिसकेपछि यूथ क्रियशन थिएटरका अध्यक्ष कपिल शर्माले भने–‘एउटा मिडिया हाउसको सहयोगले अन्य सहयोगदाताहरुमा पनि सकारात्मक सन्देश जान्छ भन्नेमा हामी विश्वस्त छौँ ।’

विग एफएमका अध्यक्ष महेश भण्डारीले पोखरालाई साँस्कृतिक रुपमा सुसज्जित गराउने अभियानमा आफ्नो सहभागिता जनाउन पाउँदा निकै खुशि लागेको बताए । ‘पोखरा साँस्कृतिक शहर पनि भएको र नाटक घर पोखरालाई आवश्यक रहेको हुँदा संस्थाको तर्फबाट सहयोग गरेका हौँ ।’ उनले भने–‘नाटक घर निर्माणको लागि आवश्यक अन्य सहयोग पनि विग एफएमले निरन्तर गरिरहनेछौँ ।’

पोखरामा नाटक घर निर्माणको लागि थालिएको अभियान अन्तरगत अहिलेसम्म करिब पाँच लाख रुपैयाँ संकलन भैसकेको थिएटरका सचिव सौगात पोखरेलले जानकारी दिएका छन् । नाटक घर निर्माणको लागि २० लाख रुपैयाँ आवश्यक रहेको संस्थाले जनाएको छ ।

हालसम्म आर्थिक संकलन अभियानमा सहयोग गर्नेहरुमा  जागृत भट्टराई, संजोग बस्याल, भिम गुरुङ, चन्द्रकान्त अर्याल, राजेन्द्र अधिकारी, नितेन अधिकारी, संगीत बस्याल, महेश्वर बस्ताकोटी, विष्णु गौतम, दिपेन श्रेष्ठ, विकास अधिकारी, शंकर गिरी, गणेशबहादुर रावत, राजु केसी, मोहन भण्डारी, विन्दु परियार, ज्ञानेन्द्रबहादुर कार्की, नवराज चिन्तन, अस्मिता गुरुङ, सन्तोष आचार्य, विनोद लामिछाने, डिल्लीराम भट्टराई, अच्युत घिमिरे, श्रीकृष्ण आर्क, सिता बराल, पवि गौतम, गौतमराज कट्टेल, सरस्वती प्रतिक्षा, केशबशरण लामिछाने, रामकृष्ण ज्ञवाली, प्रकााश रिजाल, उत्तम पोखरेल, शंकल्प खनाल, गोविन्द मल्ल, दिनेश दाहाल ‘सुबोध’, प्रथ्योदास प्रमिल, रेखा पुरी, भुवन क्षेत्री, विजय अधिकारी, सन्तोष आचार्य, विष्णु सुवेदी, कृष्ण अधिकारी तुप्रक, पवित्रा भण्डारी पारु, अर्घेलो थापा, रमेश पोखरेल, जीवनाथ बराल, सुमन गिरी, विष्णु बाँस्तोला, संजय लामिछाने, पवन अधिकारी, गोविन्द एलसी, बोधराज रेग्मी, खगेश्वर शर्मा, कृष्णा कार्की, अर्पण तिवारी, रुद्र भट्ट, कृष्णा आचार्य र यादवराज देवकोटा रहेका छन् ।

text copy http://www.mainkhabar.com/natak-theatre-at-pokhara-news/

Events
Random Picks