मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु
26-November-2017


जकसन डटकम
धादिङ, ११ मंसिर

धादिङको तृपुरासुन्दरी गाउँपालिकाको  सल्यान्टारमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै ज्यान गएको छ । सोमबार विहान भएको दुर्घटनामा ज्यान जानेमा ३० बर्षीय जितेन्द्र अधिकारी र भुवन पान्डे रहेको प्रहरीले जनाएको छ । बा ८९ प ७२७ नम्बरको मोटरसाइकल सल्यानटारबाट आरुघाट जाँदै गर्दा अनियन्त्रित भई भिरबाट लडेर  दुर्घटना भएको हो ।