ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
26-November-2017


जकसन डटकम
चितवन, ११ मंसिर 

चितवनको नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत गाईघाटमा ट्रकको ठक्करबाट एक जना पैदलयात्रीको ज्यान गएको छ । भैँसी बोकेर रौतहटको गौरबाट काठमाडौं जाँदै गरेको ना ५ ख २५६६ नंको ट्रकले आइतबार राति पैदलयात्रीलाई ठक्कर दिँदा सो दुर्घटना भएको हो ।  

भरतपुर महानगरपालिका वडा नं २९ स्थित गाईघाटमा भएको उक्त दुर्घटनामा परी अन्दाजी ५०(५२ वर्षीय एक पुरुषको ज्यान गएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । प्रहरीका अनुसार उहाँको पहिचान खुलेको छैन । उहाँको शवलाई अहिले भरतपुर अस्पतालमा राखिएको छ । ट्रक र चालकलाई प्रहरी चौकी सिमलतालले नियन्त्रणमा लिएको छ । 

Write a Comment