पोखरामा निर्माणाधिन विमानस्थलमा भएको ताल डोजरले फुटायो, भेल ठुलो बगेपछि विजयपुर पावरहाउस डुबानमा
16-July-2015

३१ असार | अविरल वर्षाले निर्माणाधिन पोखरा विमानस्थलमा थुनिएको पानी स्थानियले डोजर लाएर भत्काएर खुलाएका छन् । विमानस्थलले बनाएको रनवे फिलिङले बाँधको काम गरि जम्मा भएको पानी बस्तीमा गएर घर घरभित्र पुग्न थालेपछि स्थानियले भत्काएका थिए ।

विमानस्थलमा पानी थुनिँदा मझेरीपाटन क्षेत्रका करिब ५० घरमा पानी छिरेको थियो । त्यस्तै ३ घर भत्किएको छ  भने त्यहाँको धानबालीमा पनि पानीले असर गरेको छ । बाँध डोजर लाएर भत्काएको भन्दै प्रशासनले स्थानियलाई त्यसो गर्न नदिन केहि समय प्रहरी परिचालन समेत गरेको थियो ।

विमानस्थलबाट पानीको ठुलो भेल फुटेर गएपछि पोखराको विजयपुर खोलामा निर्मित विजयपुर–१ साना जलविद्युत परियोजनाको पावर हाउसमा क्षती पुगेको छ । निर्माणाधिन विमान स्थल तिरबाट आएको भेलले विजयपुर खोला थुनिए पछि पावर हाउसमा क्षती पुगेको हो ।

भगवती हाइड्रोपावर डेभलपमेन्ट प्रालिद्वारा सञ्चालित हाइड्रोपावरले ४ दशमलव ५ मेगावाट विजुली उत्पादन गर्दै आएको छ । पावर हाउसमा क्षेती पुगे पछि विजुली उत्पादन बन्द गरिएको हाईड्रोका प्रोजेक्ट म्यानेजर बसन्त महोन शर्माले जानकारी दिए । उनले पाउव हाउसलाई माथीबाट आएको पहिरोले क्षेती पु¥यापछि विद्युत उत्पादन बन्द गरेको बताए । पहिरोले करिब १५ करोडको क्षती पु¥याएको शर्माको भनाई छ ।

लेखनाथको ३ र ५ नम्बर वडास्थित सक्नेरी भन्नेस्थानमा हाइड्रोपावरको ड्याम निर्माण गरिएको छ । करिब ७० करोडको लागतमा निमार्ण भएको हाइड्रोपावरबाट ४ वर्ष अगाडीबाट विद्युत उत्पादन हुदै आएको छ ।

तस्वीर: गनेस पौडेलको फेसबुक

copy :http://www.mainkhabar.com/heavy-rain-at-pokhara-update/

Write a Comment

Events
Random Picks