विश्वको नं १ राष्ट्र बन्ने लोभमा चिनले लिपुलेक सम्झौता गर्यो ः सिमाविद् श्रेष्ठ
16-July-2015

जक्सन डटकम ३१ असार,पोखरा । सिमाविद् बुद्धिनारायण श्रेष्ठले चिन विश्वकै नं १ राष्ट्र बन्ने लोभमा लिपुलेक सम्झौता गरेका बताएका छन् । बिहीबार पोखरामा आयोजित राष्ट्रियताको सवालमा लिपुलेक सम्झौता बिषयक अन्र्तक्रियामा कार्यक्रममा बोल्दै उनले चिनले भारत सँग सहकार्य गरेर विश्वकै शक्तिशाली राष्ट्र बन्ने दाउमा लागेको बताएका हुन् । 

आफ्नो अवधारणा पत्र सार्वजनिक गर्दै उनले चिनले भारतसँग आफ्नो आर्थिक र राजनितीक प्रभाव बढाउन पनि यस्तो सम्झौता गरेको बताए ।‘चिन विश्वकै नं १ राष्ट्र बन्न चाहान्छ’उनले भने‘यसको लागी अहिले भारतसँग सम्बन्ध सुधार गर्दैछ। भारतले सम्झौता भएसँगै गुन्जीदेखी लिपुलेकसम्म करिब १७ किलोमिटर सडक निर्माण कार्य अगाडी बढाउन लागेको पनि उनले जानकारी दिए ।’

सुगौली सन्धी गरेको समयको पुरानो नक्सामा पनि लिपुलेक प्रष्ट रुपमा नेपालमा रहेको देखिएकाले लिपुलेक नेपालकै रहेको उनि बताउछन्।‘सुगोली सन्धीताकाको नक्सा हेर्ने हो भने पनि लिपुलेक नेपालमै पर्छ’उनले भने ‘जसले जे भने पनि लिपुलेक सोह्रैआना नेपालको हो।’

उनले लिपुलेक बारे सरकारमाझ २ वटा विकल्प रहेको पनि बताए । पहिलो सम्झौताबाट लिपुलेक हटाउन चिन र चारतसँग कुटनिती पहल थाल्ने र दोश्रोमा तिनै देशको व्यापार अभिबृद्धी गर्न स्पेशल इकोनोमिक जोन खडा गर्न पहल शुरु गर्नुपर्ने उनको सुझाव छ। 
सो अवसरमा बोल्दै जनगायक रामेश श्रेष्ठले कुनै पनि राजनितीक पार्टीभन्दा माथि उठेर काम गर्न दलका नेताहरुलाइ आग्रह गरे।साथै उनले आउ मिलाउ हाम्रा हातहरु बोलको गित गाएर सबै नेपालीहरु एकजुट भएर देशको अस्तीत्वको लागी लड्न आह्वान गरेका थिए । 

अन्तक्रियामा सहभागी हुदै टिकाराम सापकोटा,भुपनिधी पन्त,कृष्णप्रसाद पौडेल लगायतले सम्झौता खारेजको लागी नेपाली जनताले सरकार समक्ष दबाब दिनुपर्ने धारणा राखेका थिए । साथै नेपलकै अस्तीत्व संकटमा पर्ने गरि गरिएको सम्झौता प्रति सरकार गम्भिर नदेखिएको उनिहरुको आरोप छ। 

लिपुलेक दार्चुला जिल्ला व्यास गाविसको उपल्लो भागमा अवस्थीत छ।समुद्री सतहबाट ५,०२९ मिटरको उचाइमा रहेको लिपुलेक चिनको ताक्लाकोट,ल्हासा,सांघाइ र बेइजिङ जाने घाँटीका रुपमा रहेको महत्वपुर्ण भञ्ज्याङ हो । 

नेपलको भुमी भइकन पनि नेपाललाइ जानकारी नदिइ चिन र भारत बिच सम्झौता भएको भन्दै यति बेला देश्व्यापी रुपमा चर्को आलोचना भएको छ।

 

Write a Comment

Events