आज दिनैभरी चिसो हुने
30-November-2017


जकसन डटकम
पोखरा, १५ मंसिर

काठमाडौं उपत्यका सहित देशका धेरै ठाउँको मौसम आज खुल्ने संभावना कम रहेको मौसमविद्ले बताएका छन् । उत्तरदक्षिणी हावाका कारण धेरै ठाउँको मौसम खुल्ने संभावना कम रहेको मौसमविद् विभूति पोख्रेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार यसकै प्रभावले अहिले धेरै ठाउँमा कुहिरो लागेको छ र आज दिनभरी कै मौसम अहिले विहानकै जस्तो हुनेछ । काठमाडौंको विहानको न्यूनतम तापक्रम ६ दशमलव ८ डिग्री सेल्सियसमा झरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

Events
Random Picks