‘जिवनमा एकपल्ट जानै पर्ने ठाउँ, घान्द्रुक गाउँ’ (फोटो फिचर)
19-July-2015

जक्सन डटकम पोखरा,साउन ३ । पछिल्लो समय बिभिन्न पर्यटकीय स्थलहरुलाइ समेटेर गित निर्माण गर्ने प्रचलन बढ्दै गएको छ । यस्तै पर्यटकीय गाउँ घान्द्रुकलाइ समेटेर बनाइएको ‘जिवनमा एकपल्ट जानै पर्ने ठाउँ घान्द्रुक गाउँ’ बोलको गित सार्वजनिक गरिएको छ। ब्रेज मेश्रो फिल्म प्रोडक्सन घान्द्रुकको प्रस्तुतीमा बनेको गित एवं भिडियो आइतबार एक कार्यक्रमका बिच सार्वजनिक गरिएकोे हो । 

घान्द्रुकका सुन्दर स्थानहरुमा छायांकन गरी निर्माण गरिएको भिडीयो ब्रेज मेश्रो फिल्म प्रोडक्सनका अध्यक्ष सुब्बा नरबहादुर गुरुङले भिडियो प्ले गरेर सार्वजनिक गरे । 

यसअघि कार्यक्रममा बोल्दै गितकी नृत्य निर्देशक जसु गुरुङले गितले घान्द्रुकको कला र संस्कृती झल्काउने प्रयास गरेको बताइन् ।

गुरुङ फिल्म एशोसियसन नेपाल जिफानका संस्थापक अध्यक्ष माओत्से गुरुङले यस्ता खाले गितले पर्यटन क्षेत्रमा समेत टेवा पुग्ने विश्वास ब्यक्त गरे । यस भिडियोले घान्द्रुक नपुगेकाहरुलाइ एकपटक भएपनि पुग्न लालायीत पार्ने उनको भनाइ थियो । 

यस्तै जिफानका अध्यक्ष श्याम गुरुङले भिडीयो गित सँगसँगै भिडियो पनि उत्कृष्ट बनेको बताए । 
क्याप्टेन कमल  गुरुङको शब्द रहेको गितलाइ शान्ति गुरुङले स्वर दिएकी छिन् ।

भिडीयोलाइ कोन्मे इन्टरटेनमेन्टका सन्तोष कोन्मेले खिचेका हुन् ।

फोटो : युनिश गुरुङ 

Write a Comment

Events
Random Picks