निर्वाचनमा पनि ट्राफिक सचेतना कक्षा जारी रहने
5-December-2017


उमा आलेमगर
पोखरा, २० मंसिर


मंसिर २१ गते हुने दोस्रो चरणमा हुन गईरहेको प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा जिल्ला ट्राफिक कार्यालय कास्कीले ट्राफिक सचेतना कक्षा जारी राख्ने भएको छ । 

कार्यालयले हरेक हप्ता सोमबार र बिहिवार मापसे गरि सवारी साधन चलाउने र ट्राफिक नियम उल्लघन गर्ने चालकका लागि कारवाही स्वरुप सञ्चालन गर्दै आएको सचेतना कक्षा निर्वाचनको समयमा पनि जारी रहने जनाएको छ । 

हप्ताको दुई दिन डेढ घण्टा मात्र कक्षा हुने भएकोले ट्राफिक सचेतना कक्षा जारी रहने जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रहरी प्रहरी नावय निरिक्षक शिवबहादुर थापाले जानकारी दिए । 

काठमाण्डौँ उपत्यकामा भने निर्वाचनलाई मध्यनजर गरि उपत्यका ट्राफिक प्रहरी महाशाखाले ट्राफिक सचेतना कक्षा मंसिर २३ गते सम्मका लागि स्थगित गरेको छ ।

Events
Random Picks