३ सय ५ मोटरसाईकल र ४५ वटा गाडी नियन्त्रणमा
7-December-2017


उमा आलेमगर
पोखरा, २१ मंसिर


दोस्रो चरणमा अन्तरगत प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा बिहिबार ३ सय ५ वटा मोटरसाईकल र ४५ वटा गाडी नियन्त्रण लिएको जिल्ला ट्राफिक कार्यालय कास्कीले ट्राफिक जनाएको छ । सवारी अनुमति नलिईकन सवारी चलाएकाले ती मोटरसाईकल र गाडी नियन्त्रणमा लिएको जिल्ला ट्राफिक कार्यालय कास्कीका प्रहरी प्रहरी नावय निरिक्षक शिवबहादुर थापाले जानकारी दिए । 

नियन्त्रणमा लिएकाहरुलाई सचेत गराएर छाडिएको उनले बताए । निर्वाचनमा सवारी चलाउन बन्देज लगाएको सुचना जानकारी नभएको हुदाँ सचेत गराएर मात्र छाडिएको थापाले बताए । निर्वाचनको सुरक्षालाई मध्यनजर गरेर जिल्ला प्रशासन कार्यालयले मतदानको दिन बिहिबार सवारी चल्न नदिने जनाएको थियो ।

Write a Comment

Events
Random Picks