चौथौ माउण्टेन फेस्टिवलको तयारी पूरा
9-December-2017


उमा आलेमगर
पोखरा, २३ मंसिर

नेपाल पर्वतारोहण सघंले आयोजना गर्न लागेको चौथो माउण्टेन फेस्टिवलको तयारी पूरा भएको छ । संघले मंसिर २५ र २६ (डिसेम्बर ११ र १२) गते दुई दिन पोखरा स्थित अन्तराष्ट्रिय पर्वतीय संग्रहालय रातो पैह्रोमा फेस्टिवलको आयोजना गरेको हो । संयुक्त राष्ट्र संघले हरेक बर्ष ११ डिसेम्बरलाई अन्तराष्ट्रिय दिवसका रुपमा मनाउदै आइरहेकोमा नेपालमा पनि सोही अनुसार विगत ३ बर्षदेखि अन्तराष्ट्रिय पर्वतीय संग्रहालयले पर्वतीय दिवसका रुपमा मनाउदै आइरहेको शनिवार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । 

यस बर्षको नारा माउण्टेन अण्डर प्रेसर ः क्लाईमेट, हङगर माईग्रेसन रहेको छ । पर्वत र पर्वतमा बस्ने मानिसहरुको जिविकोपार्जनमा अभिवृद्दि गर्न ज्ञान सीप प्रविधिको आदान प्रदानका साथै पर्वतीय उत्पादनलाई अभिप्रेरित गर्ने, पर्वतीय वातावरणमा आएको परिवर्तन बारे प्रर्दशनी र जानकारी दिइनुका साथै पर्वतारोहण एवम् पर्वतीय संस्कृतिको र प्रर्वतीय प्रवर्धन गर्ने मुख्य उद्देश्यले माउण्टेन फेस्टिवल मनाउन लागिएकोे हो । 

महोत्सवमा यस बर्ष क्लाइम्बीङ वाल, धनुषवाण र छेलो मुख्य इभेन्टको रुपमा रहेको बताइएको छ भने अन्य साँस्कृतिक नृत्यहरु, प्रविधि प्रर्दशनी एवम तालिम र प्रर्दशनी कक्षको अवलोकन गर्ने लगायतका आर्कषणहरु रहेको जानकारी दिइएको छ  । महोत्सवमा २५ वटा स्टल रहने जानकारी दिइएको छ । महोत्सव सम्पन्न गर्न कुल २० देखि २५ लाख लागत लाग्न सक्ने महोत्सव आयोजक ले अनुमान गरेको छ । महोत्सवले पर्वतीय क्षेत्रको वातावरण संरक्षण र सम्वद्दनमा जोड पुग्ने नेपाल पर्वताराहण संघ अन्नपूर्ण शाखा अध्यक्ष कृष्ण प्रसाद काफले बताउनुभयो । इसिमोड, हरियोवन कार्यक्रम, क्रिर्डाक, क्या¥म एसिया लगायतका विभिन्न संघ संस्थाहरुको समन्वय तथा सहकार्य रहने आयोजकले जनाएको छ।  

दुई दिन हुने उक्त महोत्सवको अवलोकन गर्न महोत्सव कार्यक्रम संयोजक तथा डाइरेक्टर कुशल गुरुड्डले अपिल गर्नुभएको छ । महोत्सवको निशुल्क अवलोकन गर्न सकिने आयोजकले जनाएको छ । सम्मेलनमा बोल्दै नेपाल पर्वतारोहण संघका महासचिव कुल बहादुर गुरुड्डले फेस्टिवल सफल बनाउन माउण्टेन सँग सम्बन्धित विभिन्न संघसंस्थाहरुको समन्वय तथा सहकार्यको खाँचो रहेको औल्याउनुभयो । नेपाल पर्वतारोहण संघका महासचिव कुल बहादुर गुरुड्डको अध्यक्षतामा आयोजित पत्रकार सम्मेलनको कार्यक्रमको सञ्चालन नेपाल पर्वतारोहण संघका राजन जोशीले गर्नुभएको थियो ।