वडा नं. ११ मा यो वर्ष बाटो निर्माणको कार्य पूरा गर्ने लक्ष्य ः वडाध्यक्ष मोहनप्रसाद वास्तोला
14-December-2017


उमा आलेमगर
पोखरा, २९ मंसिर

पोखरा लेखनाथ महानगरपालिका वडा नं. ११ मा जनप्रतिनिधि आईसकेपछि बाटो निर्माणको कार्यलाई अगाडी बढाएको वडा कार्यालयले जनाएको छ । वडाध्यक्ष मोहनप्रसाद वास्तोलाले वडामा दुई÷तीन वटा बाटो निर्माण सम्पन्न भईसकेको छ भने पाँच÷छ वटा बाटो ननिर्मँण भईरहेको बताए । मुख्यतया ः हस्पिटल एरियामा बाटो त्यति राम्रो व्यवस्था नभएकोले जनप्रतिनिधि आईसकेपछि बाटोलाई प्राथमिकतामा राखेर बाटो निर्माणको काम सुरु गरेको वास्तोलाले बताए । वडा कार्यालयमा आउने सेवाग्राीहरुको काम छिटो छरितो र सरल तरिकाले सम्पन्न गरेर पठाउने गरेको कार्यालयले जनाएको छ । २० वर्ष पछि आएको स्थानिय सरकारप्रति जनताले धेरै आशा गरेकाले जनताको आशालाई क्रमैसँग पूरा गर्दै लैजाने जनप्रतिनिधिको लक्ष्य रहेको वडा कार्यालयले जनाएको छ । काहुँडाँडामा रहेको धरहराको टावरको लागि वडाध्यक्षले मन्त्रालयसँग कुरा गरिरहेको र मन्त्रालयबाट अलि ठूलो प्राप्त गर्न सकेमा धरहरा बनाउने प्रक्रिया अगाडी बढाईने छ भने पहिलोको धरहरा सम्म पुग्नको लागि पिच बाटो बनाउने प्रोजेक्ट अगाडी बढीरहेको वडाध्यक्ष वास्तोलाले बताए । 

सार्वजनिक जग्गाहरु जग्गा मिचेर पर्खाल बनाईकोमा त्यसलाई फालेर सार्वजनिक सम्पति संरक्षण गरिएको छ । वडामा लाईटहरु नभएकोमा यो वर्षको दशैँमा ५ सय वटा लाईटहरु राखेर वडालाई झलमल बनाउने सफल भएको वास्तोलाले बताए । वडामा पहिलेदखि नै ठेक्कामा फोहोरमैला व्यवस्थापन गरिने भएकोले अहिलेसम्म फोहोरमैलाको विषयमा गुनासो नसुनेको उनले बताए ।  फोहोरमैला व्यवस्थापन आफुले राम्रै देखेको र फोहोर बोक्ने दुई÷तीन वटा गाडीहरु वडामा गुड्ने गरेको उनले सुनाए । एउटा समस्याको रुपमा रहेको काहुँडाँडाको फोहोर उठाउनलाई ठेक्काको सम्झौता गर्न ठेकदारसँग सम्झौता भईरहेको र महानगरपालिकामा पनि फोहोर व्यवस्थापन गर्न समिति बनेकोमा त्यो समितिमार्फत जाँदा पोखरा लेखनाथ महानगरकै फोहोरलाई अझै व्यवस्थापन नग¥यो भने ठूलो क्षति पोखरेली जनताहरुले व्यहोर्नु पर्छ भन्ने जस्तो घट्ना आफुहरुले त्यहि फोहोर फाल्ने ठाउँमा पनि देखेर आएकोले फोहोरमैलोको क्षेत्रमा आफुहरु सूसुचित भएको र जनताहरुले आफ्नो टोल आफै बनाउ भनेर हप्ता एक पटक टोलको सरसफाई गर्ने, बालक्लबहरु प्रशस्तै खुलेका छन् ती बालक्लबहरुले पनि महिनामा एक पटक सरसफाई गर्ने कार्यक्रम अगाडी बढेको आफु आए पछि आफुले पाएको उनले बताए । वडाको शिव शक्ति स्कुलदेखि मनिपाल सम्मको एउटा दोहोरो नाला सहितको बाटो बनाउने कार्य सुरु हुदैँ छ भने त्यसको लागि आवश्यक बजेट विनियोजन भएको छ । 

त्यसैगरि मनिपाल हस्पिटलले पनि हाम्रो बाटो हो हामीले बनाउँछौँ भनेर वडा कार्यालयसँग सहकार्य गरेको छ भने यो वर्षमा बाटो निर्माणको कार्य पूरा गर्नेमा जोड दिएको वडा कार्यालयले जनाएको छ । ५ वटा सार्वजनिक शौचालय बनाउने भनेर महानगरपालिकाबाट बजेट विनियोजन भएकोमा वडा नं. ११ मा पनि एउटा सार्वजनिक शौचालय बनाउने भनेर पहिलेको वडा कार्यालयको भवन भएको स्थानमा शौचालय बनाउने उद्देश्य वडा कार्यायलले बनाएको छ । स्वास्थ्यको क्षेत्रमा काँहुमा स्वास्थ्य चौकी व्यवस्थित रहेको छ । कतिपय दुःख पाउने जनताहरुको लागि वडाबाट सिफारिस गरेर मनिपाल र गण्डकीमा सहुलियतको व्यवस्था वडा कार्यालयले गरेको छ भने जनताले सहुलियत पनि पाएका छन् । विद्यालयहरुमा विद्यार्थीको संख्या कम भएको आफुले पाएकोले त्ययसलाई व्यवस्थापन गरेर कसरी विद्यालय सञ्चालन गर्न सकिन्छ भनेर निकट भविष्यमा नै विज्ञहरुको भेला आयोजना गर्ने वडाध्यक्ष वास्तोलाले जानकारी दिए । महानगरपालिकाले वडा स्तरिय कप गर्ने कुरा आएको छ त्यस विषयमा छलफल भईरहेको छ पहिले उपमहानगरले गर्दै आएकोमा त्यहि खेललाई महानगरले पनि निरन्तरता दिने योजना रहेको छ त्यसमा वडाले पनि सहभागीता जनाउने छ । काँहुडाँडामा खानेपानीको धेरै नै समस्या भएकोले केन्द्रबाट धरहरासम्म पानी लिफ्टीङ्ग गर्ने भन्ने कुरा आएको छ अहिले सर्भे भईरहेको छ, दुई वर्ष भित्रमा लिफ्टीङ्ग सिष्टम पूरा गर्ने वडा कार्यालयले लक्ष्य लिएको छ । 

भावी दिनमा शिक्षा क्षेत्रलाई माथि उठाउन आवश्यक देखिएकोले किनभने सरकारी विद्यालयको हालत विग्रदो र मनपरि अवस्थामा रहेकोले त्यसलाई लेवलमा ल्याएर सहजीकरण गर्दै शिक्षकशिक्षिका र विद्यार्थीलाई राखेर कसरी राम्रो विद्यालय सञ्चालन गर्न भन्नेतिर सोच रहेको वडाध्यक्ष वास्तोलाले बताए । अर्कोतिर काँहुडाँडालाई पर्यटकिय स्थल बनाउन शहिदहरुको शालिक काँहुडाँडामा लगेर राख्ने प्रस्ताव गरेकोमा त्यो योजना सराङ्गकोटमा गएकोले भविष्यमा कुनै योजना ल्याएर काँहुडाँडालाई कसरी पर्यटकिय स्थल बनाउने योजनामा रहेको वस्तोलाले सुनाए । जनताहरुले तुरुन्त हुने कामको अपेक्षा गरेका छन् तर तुरुन्त हुने कामको अपेक्ष भन्दा पनि दिगो कामहरु गर्ने योजना वडा कार्यालयले बनाएको छ । स्थानिय निकायको कानुन बनेर आउने कुरामा पनि ढिलो भईरहेको छ भने महानगरपालिकाको पनि भर्खरै ऐन आएकोले वडालाई कसरी दिगो विकासमा लैजान सकिन्छ भनेर योजना बनाएको वडाध्यक्ष वास्तोलाले बताए । 

Write a Comment

Events
Random Picks