माइक्रोबस र बस ठोक्किँदा १५ यात्री घाइते घाइते
15-December-2017


जकसन डटकम
तनहुँ,  २९ मंसिर

तनहुँको ब्यास नगरपालिका–१२ स्थित घाँसीकुवामा शुक्रबार माइक्रोबस र बस ठोक्किँदा १५ जना घाइते भएका छन् । पोखराबाट काठमाडौं जाँदै गरेको ग१ख ६०६२ नम्बरको माइक्रोबस र विपरीत दिशाबाट आउँदै गरेको लु१ख ८७५९ नम्बरको बस एकापसमा ठोक्किँदा उनीहरु घाइते भएका हुन् ।

घाइतेको दमौलीस्थित रत्नहरि अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । माइक्रोबसले उछिन्नेक्रममा अगाडिबाट आएको बससँग ठोक्किँदा दुर्घटना भएको हो । दुवै बसका चालकलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

Write a Comment

Events
Random Picks