हुस्सुका कारण तराईको जनजीवन प्रभावित
16-December-2017


जकसन डटकम
काठमाडौं, ०२ पुस

हुस्सुका कारण तराईका जिल्लाको जनजीवन प्रभावित भएको छ । शनिबारदेखि तराईमा बाक्लो हुस्सु लागेको छ । तर हुस्सु लागेकोको ४८ घण्टा नपुगेकाले जल तथा मौसमपूर्वानुमान महाशाखाले शितलहरको औपचारिक घोषणा भने गरेको छैन । आइतबार पनि घाम नलागे शितलहरको घोषणा गर्ने महाशाखाको तयारी छ ।

तराईमा आइतबार घाम लाग्ने सम्भावना नरहेको मौसमविद समिर श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार तराइसँगै देशका सबै क्षेत्रमा चिसो बढेको छ । काठमाडौंको न्यूनतम तापक्रम आइतबार ३ डिग्री मापन गरिएको छ । शनिबार २ दशमलव ८ डिग्री थियो । 

काठमाडौंको तापक्रम शुन्य डिग्रीसम्म झर्ने अनुमान गरिएको छ । जाडो याममा चिसो बढ्नु नौलो नभएको मौसमविदले बताएका छन् । राति आकाश सफा हुनाले तापक्रम घटेको र तुसारो परेको मौसमविद्ले बताएका छन् ।

Write a Comment

Events
Random Picks