गलत सूचनाप्रति भूकम्प मापन केन्द्रले माफी माग्यो
23-July-2015

काठमाडौं,साउन ७ |

भूकम्पको मापन गर्ने राष्ट्रिय भूकम्प मापन केन्द्रले बुधबार रातिको भूकम्प मापनमा प्राविधिक कारण देखाउँदै बुधबार राति उपलब्ध गराएको सूचनाप्रति माफी मागेको छ।

‘राष्ट्रिय भूकम्प मापन केन्द्रमा प्राविधिक समस्या भएकाले २०७२ साउन ६ गते राति १०:१४ बजे गएको भूकम्पको केन्द्रबिन्दु सुरूमा हामीले सिन्धुपाल्चोक भनेका थियौं। केन्द्रबिन्दु सच्याउँदै काठमाडौं रहेको जानकारी गराउँछौं,’ केन्द्रले आफ्नो वेबसाइटमा भनेको छ, ‘गलत सूचनाले पर्न गएको असुविधाका लागि माफी चाहन्छौं।’

गएराति भूकम्प मापन केन्द्रले नै फरक फरक सूचना जारी गर्दा सर्विसाधारण अन्यौलमा परेका थिए।

सुरूमा भूकम्प मापन केन्द्रले आफ्नो वेवसाइटमा काठमाडौंबाट २० किमी उत्तर पूर्व सुन्दरीजल र सिन्धुपाल्चोकको सीमामा बताएको थियो भने वेवसाइटमा सिन्धुपाल्चोक देखाएको थियो। त्यसको केही समयपछि केन्द्रले सूचना सच्याउँदै पुनः अपडेट गरेर काठमाडौँलाई केन्द्रबिन् भनेको थियो।

 

source:setopati

http://setopati.com/samaj/31198/

Events
Random Picks