दाङ र काठमाडौंमा गरी ७ लाख लुटियो
23-July-2015

साउन ७ |

गोरखाबाट सुमन कार्की सहित ३ जनाको सामान किन्न ल्याएको नगद ५ लाख रुपैयाँ लुटिएको छ। थानकोट दुरसंचार कार्यालय नजिकबाट बुधबार २ जना अपरिचित व्यक्तिहरुले उक्त नगद लुटेको बताइएको छ।

 

 फरार लुटेराहरुको खोजी भइरहेको प्रहरीले  जनाएको छ।यसैगरी दाङ धनौजी–७ बस्ने ५१ वर्षीय कुमारी रासकोटीको नगद २ लाख रुपैयाँ लुटपाट भएको छ। घोराहीबाट द्वन्द्व पिडीतको उक्त रकम लिई घर आएकोमा उनीसँगै आएका ३ जना अपरिचित व्यक्तिहरुले बुधबार उक्त नगद लुटपाट गरेको थिए । 

 

 प्रहरीले लुटपाट घटनाका शंकास्पद त्रिपुरा ५ बस्ने २७ वर्षीय गोबिन्द डिसीलाई पक्राउ गरी नियन्त्रणमा लिएको छ ।

 

source:setopati

http://setopati.com/samaj/31205/