कन्या क्याम्पसको २६ औँ वार्षिकोत्सव, स्टुडेण्ट अप दि ईयरबाट भुमिका सारु सम्मानित, प्रदेश नं. ४ कै नमुना महिला क्याम्पस बनाउन सक्दो सहयोग गर्ने मेयर जिसीको प्रतिवद्धता
22-December-2017

उमा आलेमगर

पोखरा, ०७ पुस

               

पोखराको नदिपुरमा रहेको कन्या क्याम्पसको २६ औँ वार्षिकोत्सव विविध साँस्कृतिक कायृक्रमका साथ सम्पन्न भएको छ । कार्यक्रमको उद्घाटन पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले गरे ।

उद्घाटन पछि बोल्दै जिसीले प्रदेश नं. ४ कै नमुना महिला क्याम्पस बनाउन आफुले सक्दो सहयोग गर्ने प्रतिवद्धता जनाए । कार्यक्रममा ओम डेभलपमेन्ट बैँकका प्रमुख कार्यकारी अधिृकत विश्वमोहन अधिकारी, कालिका क्याम्पसका क्याम्पस प्रमुख बालकृष्ण शर्मा, कन्या क्याम्पस प्राध्यापक संघका उपसभापति क्षेत्रबहादुर क्षेत्री, जनप्रिय क्याम्पसका क्याम्पस प्रमुख विरेजी गौतम, छात्रा कल्याण समितिका संयोजक जुली वर्नवाल, पूर्व छात्रा कल्याण समितिका संयोजक संगीता बज्राचार्य लगायतले बोलेका थिए ।

उक्त अवसरमा क्याम्पसमा २० वर्ष पूरा गरेका प्राध्यापक गणेप्रसाद न्यौपाने, कर्मचारीतर्फबाट लाईब्रेरियन भगवती पराजुली सम्मान गरिएको थियो । त्यस्तै यसवर्षको स्टुडेण्ट अफ दि ईयरबाट छात्रा भुमिका सारुलाई सम्मान गरिएको थियो भने दश जोड दुईका व्यवस्थापन संकायमा सर्वाधिक अङ्क ल्याउन सफल विनिता गिरी, मानविकीतर्फ सनसिला पाण्डे र स्नातकको व्यवस्थापनमा अम्बिकादेवी शाहीलाई सम्मान गरिएको थियो ।

विभिन्न संकायमा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई छात्रवृद्धि प्रदान गरिएको थियो भने अतिरिक्त क्रियाकलापमा उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।

क्याम्पसका क्याम्पस प्रमुख सुरेशकुमार मानन्धरले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेको कार्यक्रममा विद्यार्थीहरुले विभिन्न साँस्कृतिक नृत्य लगायत मनोरञ्जनात्मक प्रस्तुतिहरु प्रस्तुत गरेका थिए ।

क्याम्पसका सञ्चालक समितिका अध्यक्ष योगेन्द्र प्रधानको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सहायक प्राध्यापक कविता श्रेष्ठले गरेकि थिईन् ।

Write a Comment