तीन दिने प्रवद्र्धनात्मक भ्रमण सकेर रेवान टोली फर्कियो
22-December-2017

जकसन डटकम

पोखरा, ०७ पुस

अंग्रेजी नयाँ वर्षका अवसरमा रेवान पोखराले आयोजना गर्न लागेको पोखरा सडक महोत्सवको प्रचार प्रसार अभियान लिएर भ्रमणमा निस्किएको रेवान पोखराको टोली फर्किएको छ । सडकमै खाउँ ,सडकमै नाचौ र सडकमै रमाऔं भन्ने मूल नाराका साथ हुन लागेको १९ औं संस्करणको पोखरा सडक महोत्सव ०७४ को प्रचारका सगै आन्तरीक पर्यटकलाई निम्ता दिन आयोजक सहितको टोली छिमेकी जिल्लाहरुको भमणमा निस्केको थियो । टोलीले बुटवल र चिवतनको सौराहमा पत्रकार सम्मेलन तथा सरोकारवालासंग अन्र्तक्रियात्मक छलफल समेत गरेको थियो ।

तीन दिने भ्रमण सफल भएको रेवान पोखराका अध्यक्ष चौबहादुर गुरुङ्गले बताएका छन् । ‘हामीले लक्षित शहरहरुमा आयोजना गरेका कार्यक्रमहरु अपेक्षा गरेका भन्दा पनि राम्रो भयो’–गुरुङ्गले भने । रेबान पोखराका अध्यक्ष चौ बहादुर गुरुङको नेतृतबमा २० जनाको टोली पोखराबाट निस्केको थियो । टोलीले बुटबल र सौराहमा पत्रकार सम्मेलन गरि सडक महोत्सवका बारेमा जानकारी दिलाएको थियो ।

आन्तरिक तथा बाह्य पर्यटकलाई पोखरामा आर्कर्षित गरि पोखरालाई अग्रेजी नयाँ बर्ष मनाउने गन्तव्य स्थलको रुपमा विकास गर्ने उदेश्यले महोत्सब आयोजना गदै आएको सो अवसरमा जानकारी दिइएको थियो । साथै पोखरा र यस क्षेत्रको बरिपरि ओझोलमा परेका कला, संस्कृति र रहनसहनको प्रचार सगै बिदेशी माँझ नेपाली कला संस्कृती चिनाउने र आदान प्रदान गर्ने उदेश्य समेत महोत्सबका उद्येश्य रहेको सो अवसरमा बताइएको थियो ।

महोत्सवमा राष्टिय लोकदोहोरी गीत, बाल उद्यान, फुड फेष्टिबल, पञ्चे बाजा, नेवारी लाखे नाच, गुरुङ नाच, थकाली नाच, भजन चुड्का, मगर समुदायको कौडा, तामाङ सेलो, कर्मचारि दौड, वेटर रेस लगायतका कार्यक्रमहरु समेत गरिने पत्रकार सम्मेलनहरुमा अवगत गराइएको थियो ।

Write a Comment