देशका धेरै ठाउँमा बाक्लो हुस्सु
24-December-2017


जकसन डटकम
पोखरा, १० पुस

काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा अहिले बाक्लो हुस्सु लागेको छ । हुस्सुका कारण भिजिविलिटि १ सय मिटर मात्र हुँदा बिहानको उडान तथा अवतरण प्रभावित भएको त्रिभूवन विमानस्थल कार्यालयले जनाएको छ । यो हुस्सु दिउँसोपछि हट्ने मौसमविदले बताएका छन् । हुस्सु हटे पनि पश्चिमी वायुको प्रभावले सोमबार देशभरि कै मौसम आशिंक बदली हुने मौसमविद शान्ति कँडेलको अनुमान छ । 

तर पानी पर्ने वा हिमपातको संभावना भने नरहेको उहाँले जानकारी दिनुभयो । आइतबार न्यूनतम तापक्रम ७ दशमलव ३ डिग्री मापन गरिएको काठमाडौंको सोमबार बिहानको तापक्रम ४ दशमलव ५ डिग्री सेल्सियसमा झरेको उहाँले बताउनुभयो । दिउँसो काठमाडौंको अधिकतम तापक्रम १८ देखि २० डिग्री सम्म पुग्ने मौसमविद कँडेलको अनुमान छ ।

Write a Comment

Events
Random Picks