मैतीदेवीमा पोलमा ठोक्किएर बस पल्टियो, १७ जना घाइते
25-December-2017


जकसन डटकम
काठमाडौं, ११ पुस

काठमाडौंको मैतीदेवीमा मंगलबार बिहानै भएको दुर्घटनामा १७ जना घाइते भएका छन् । बिहान सवा ३ बजे बा २ ख ८७३३ नम्बरको सिटी यातायातको बस पल्टिएर दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ । घाइतेको नर्भिक र वीर अस्पतालमा उपचार भइरहेको छ । ट्राफिक प्रहरीका अनुसार घाइते चारजनाको अवस्था गम्भीर छ । बस बिजुलीको पोलमा ठोक्किँदा अनियन्त्रित भएर पल्टिएको हो ।   

Write a Comment

Events
Random Picks