बेगनासलाई महानगरले उपेक्षा गरेको गुनासो
25-December-2017


उमा आलेमगर
पोखरा, ११ पुस


साततालको वगैँचा बेगनासतालमा अघिल्लो वर्षको तुलनामा पर्यटकको आगमन बढेको छ । यसवर्ष बेगनास घुम्नकै लागि आउने पर्यटकको संख्यामा वृद्धि भएको होटल तथा रेष्टुरेण्ट एशोसियसन लेखनाथ निवर्तमान अध्यक्ष तथा ग्राण्ड होटल बेगनासको प्रोपाईटर दुर्गाप्रसाद अधिकारीले जानकारी दिए । बेगनास भित्रिने पर्यटकमध्ये पनि आन्तरिक पर्यटकको संख्या उल्लेख्य रहेको छ । विदाको समय भएकोले पनि आन्तरिक पर्यटकको संख्यामा वृद्धि भएकाके अधिकारीले बताए । तर पर्यटकको संख्या बढे पनि होटलहरु भने प्राय शुन्य रहेका छन् । पर्यटक बढे पनि होटलमा वास बस्नकै लागि पर्यटक नजाने गर्दा होटल प्राय शुन्य र व्यापार पनि नभएको उनले बताए । पर्यटक आउने सिजनको समयमा चुनाव परेको कारणले पनि बाह््रय पर्यटक घटेको छ । पर्यटन प्रवद्र्धनको लागि फिस फेष्टिवल गर्ने तयारी बेगनासका होटल व्यवसायीले गरे पछि त्यो अन्यौल छ । पोखरामा आयोजना हुने सडक महोत्सव लगायत अन्य महोत्सवले गर्दा पहिले केही राहत मिलेको भए पनि अहिले मापासे चेकिङको डरले पाहुनाहरु बेगनाससम्म नपुग्ने गरेको अधिकारी सुनाउँछन् । फागुनमा गर्ने भनिएको फिस फेष्टिबल पनि त्यो क्षेत्रमा प्राय सबै सानो होटल, ठूला ठूला होटलको संख्या कम मात्रमा हुदाँ लगानी गर्न सक्ने स्थिति नभएको हुदाँ फिस फेष्टिबल आयोजना गर्ने विषय अन्यौलमा परेको छ । फेष्टिबल गर्ने कि ? नगर्ने विषयमा आफुहरु छलफलमा रहेको उनले बताए । उनले भने— हामीले पर्यटन प्रवद्र्धनको लागि हाईकिङ्ग, साईक्लिन, ट्रेकिङ्गको कुराहरु गरिरहेका छौँ ः जस्तो हिमालय रसले साईक्लिन ट्रायथलन भनेर गरिरहेको छ र सायद यो वर्ष पनि गर्छ, तर सरकारले ध्यान दिएको छैन, यो क्षेत्र पिछडिएको छ । पोखराका होटल व्यवसायीले पनि प्रमोट गर्ने कुरमा बेगनासमा हुने कार्यक्रमलाईहरुलाई निमिट्यान्नै गरेर बसेको अधिकारीको गुनासो छ । पोखराका होटल व्यवसायीहरुले पोखरा हाम्रो मात्रै हो र फेवाताल भनेको पोखरा मात्र हो भने जसरी कार्यक्रम गर्दा पोखराका फेवाताललाई मात्रै प्राथमिकता दिएर बेगनासतिर कार्यक्रमहरु आउनै नदिने उनको आरोप छ । आफुले पर्यटन बोर्डमा गएर बेगनासका तालहरुको चित्र भएको नक्सा मात्रै राख्दिनुस् भन्दा पनि पर्यटन बोर्डले कति पैसा दिनुहुन्छ भनेर प्रश्न गरेको उनले सुनाए । पोखराका होटल व्यवसायीले बेगनासलाई छायामा पारेको र महानगरपालिकाले पनि केही वेवास्ता गरेको उनले आरोप लगाए । होटल भएकाहरुले मात्रै गर्ने स्थिति पनि नरहेको अधिकारीले बताए । उनका अनुसार पर्यटक भनेर बाह््रय तेस्रो मुलुकका केही पर्यटकहरु, ईजरायलीहरु,  घुम्नको लागि मात्रै र आन्तरिक पर्यटकहरुको बढी जसो आउने गरेको छ । पर्यटकहरु होटलमै बस्ने गरि आए पनि १÷२ दिने, वान नाईट स्टे जस्तै कम समयको बसाईको लागि मात्र आउने गरेका छन् । बेगनासमा पर्यटकको संख्यामा वृद्धि गर्न नयाँपन ल्याउनेपर्ने अधिकारीले औँल्याए ।  अधिकारीका अनुसार अधिकांश पर्यटक आउँदा पहिले पोखरा जाने फेवातालमा डुङ्गा चढ्ने गर्दा फेरि त्यहि पर्यटक बेगनासमा डुङ्गा चढ्न नआउने भएकोले मोटरवोट, हाउसवोटहरु राख्न सके, सबै सेवासुविधा नयाँ दिन सके पर्यटकको संख्यामा वृद्धि गर्ने सकिने छ । 

बेगनास डुङ्गा व्यवसायी समितिका अध्यक्ष ढकनाथ कडेँलले पनि ताल हेर्न र घुम्नको लागि मात्रै पर्यटकको संख्या बढे पनि डुङ्गा नै चढ्नको लागि कम आउने गरेको बताउछन् । त्यसले गर्दा व्यापार पनि उत्साहजनक नभएको उनले बताए । उनका अनुसार पर्यटक भित्राउनको लागि राज्यले नै बढी पहल गर्नुपर्छ । स्थानियतह, जिल्ला, केन्द्रले तालको पेरिफेरिमा फुट्रयाक बनाईदिने, तालबराह मन्दिर निर्माण गर्ने, तालको वरिपरि फोकस वत्ती राख्ने र गाउँका स्थानियहरुलाई होटल व्यवस्थापनमा व्यवस्थापन ग¥यो भने बेगनासतालमा फेवातालको भन्दा बढी पर्यटक भित्रिने डुङ्गा व्यवसायीकोहरुको अपेक्षा रहेको छ । 

तर रेवान पोखराका निवर्तमान अध्यक्ष गोपी भट्टराईले भने पर्यटक प्रवद्र्धनको लागि आयोजना गरिएको कार्यक्रम पोखराको फेवातालको लागि मात्र नभएर बेगनासतालको लागि पनि भएको बताए । लेकसाईड मात्र नभएर बेगनास पनि प्रमोट हुनु पर्ने भन्दै सडक महोत्सवमा बेगनासलाई प्रमोट गर्ने सामाग्री लिएर आए निःशुल्क स्टलको व्यवस्था गरिदिने बताए । पोखरामा हुने हरेक कार्यक्रम बेगनासको पर्यटकिय क्षेत्रको प्रचारको लागि पनि भएकाले बेगनासको पर्यटन प्रवद्र्धनको लागि राम्रो कार्यक्रमहरु ल्याए जे सहयोग गर्न पनि तत्पर रहेको प्रतिवद्धता जनाए ।

पोखरा लेखनाथ महानगरपालिका प्रमुख मानबहादुर जिसीले महानगरले बेगनासको पर्यटन प्रवद्र्धन र होटल व्यवसायीलाई वेवास्ता नगरेको बताउँछन् । बेगनासलाई लेकसिटीको रुपमा विकास गर्ने अवधारणा नै रहेकोले होटल व्यवसायीहरु सम्पर्कमा आएर बेगनासको पर्यटन प्रवद्र्धनको लागि कार्यक्रम ल्याएमा  पूर्ण सहयोग गर्न महानगरपालिका तयार रहेको महानगर प्रमुख जिसीले बताए ।

Write a Comment