पोखरा रंगशालाको प्याराफिट पुर्ननिर्माण गरिदै
27-December-2017

उमा आलेमगर

पोखरा, १३ पुस

पोखराको झण्डै मध्यभागमा रहेको  रङशालाले अब मुहार फेर्ने भएको छ । पोखरामा खेलकुदको गतिविधि बढे संगै यहाँ भौतीक निमार्ण पनि दुर्त गतिमा हुन थालेका छन् । यसै क्रममा २०३८ सालमा निर्माण गरीएको पोखरा रंगशालाको पुरानो फुटबल प्यारापिट बुधबार बाट भत्काउन सुरु भएको छ  । 

डेढ महिना भित्र पुरानो प्यारापिट भत्काएर माघको अन्तिम साता बाट नयाँ बनाउन शुरु गरीने पश्चिमाञ्चल क्षेत्रिय खेलकुद बिकास समितिका अध्यक्ष खगराज पौडेलले बताए । सन २०१९ को मार्च ९ देखि १८ सम्म हुने १३ औ दक्षिण एशियाली खेलकुदमा पोखरामा हुने ६ खेल मध्य महिलाको फुटबल प्रतियोगिता पोखरामा हुनेछ । 

साग गेम्स लाई मध्यनजर गर्दै निर्माण शुरु गर्न लागीएको पौड्लले वताउनुभयो ।  करिब १ अर्व ३३ करोडको लागतमा पोखरा फुटबल स्टेडियम १ बर्ष भित्र  निर्माण सम्पन्न हुने लक्ष्य लिईएको उहाको भनाई रहेको छ ।  ।स्टेडियम निर्माणका लागि राष्ट्रिय खेलकुद परिषदले ग्लोबल टेण्डर समेत आह्वान गरि  ६ वटा विदेशी कम्पनी छनोटमा परेका छन् । 

अहिलेको पुरानो  संरचना भत्काउन ४२ लाख खर्च लाग्ने र अब निर्माण हुने  स्टेडिएम झण्डै ३० हजार दर्शक क्षमताको हुने वताईएको छ । विदेशमा गेम हुदा टेलिभिजनमा देखिने खालको स्टेडियम अब पोखरामै देख्न पाइने पौडेलले जानकारी दिनुभयो ।

Write a Comment

Events
Random Picks