चिसो बढेपछि कैलालीको जनजीवन प्रभावित, आगो बालेर जाडो छल्दै
28-December-2017


जकसन डटकम
कैलाली, १४ पुस

कैलाली, कञ्चनपुर लगायत सुदुरपश्चिमका जिल्लामा एक्कासी चिसो बढेपछि जनजीवन निकै प्रभावित भएको छ । गाउँ–घर तथा बजारमा मानिसहरु जम्मा भएर आगो तापेर चिसो कटाइरहेका छन् । जाडोले विशेषगरी वृद्धवृद्धा तथा बालबालिका मारमा परेका छन् । चिसोले वृद्धवृद्धा, बालबालिका र आर्थिक अवस्था कमजोर भएका विपन्न वर्ग बढी प्रभावित भएका छन् । बजारमा मानिसहरुको आवतजवात पनि पहिलेको तुलनामा निकै कम भएको छ भने चिसोका बजारका पसलसमेत कारण ढिलो खुल्ने गरेको छ ।

बदलिदो मौसमले गर्दा यस समयमा मानिसहरु बढी बिरामी हुने भएकाले सबैलाई घर बहिर निस्कदा न्यानो लुगाकपडा लगाएर बहिर निस्कन समेत चिकित्सकहरुले सुझाव दिएका छन् । चिसोको कारण निमोनिया, दम, खोकी, पेट दुख्ने र ज्वरो आउने बिरामीको संख्यामा वृद्धि भएको सेती अञ्चल अस्पतालका ईमर्जेन्सी वार्डका ईन्चार्ज कृष्ण बोहराले बताए । उनले सामान्य समयभन्दा चिसो बढेपछि अस्पतालमा दोब्बरले बिरामी बढेको बताए । तापक्रम प्रतिदिन घट्दो क्रममा रहेकोले अझै चिसो बढ्ने देखिएको छ । चिसोका कारण हिउँदे तरकारी समेत सुक्ने सम्भावना हुन्छ । टमाटर, आलु, बन्दा र काउलीलाई शितलहरले प्रभावित गर्ने कृषि विज्ञहरूले बताएका छन् ।

Events
Random Picks