लेखनाथ साना शहरी खानेपानीद्धारा सांसदहरुलाई स्वागत तथा बधाई
29-December-2017


उमा आलेमगर
पोखरा, १५ पुस

लेखनाथ सानाशहरी खानेपानीतथा सरसफाई उपभोक्ता संस्थाले कास्की क्षेत्रनं १काप्रतिनिधि सभा र क्षेत्रनं १, प्रदेश सभा १ र २ का सांसदहरुलाई स्वागत तथा बधाई ज्ञापन गरेको छ । सस्थाको खुदीमा रहेको सभाहलमा आयोजना गरेको बधाई क्रार्यक्रममा सांसदहरुलाई संस्थाका अध्यक्ष विष्णुप्रसाद बरालले  माला र  उपाध्यक्ष हरि लामिछनेले टिका ढाकाटोपी लगाई दिएर स्वागत गर्नुभएको थियो । 

कार्यक्रममा बोल्दै पुर्व स्वास्थ्यमन्त्री समेत रहनु भएका कास्की क्षेत्रनं १ का प्रतिनिधि सभाका सांसद खगराज अधिकारीले बोरीङकोबाट पानी तान्दा लाग्ने विजुलीको दस्तुरमा ५० प्रतिशत छुट दिनुपर्ने बताउनुभयो । पानी बेगरको जिबन कल्पना पनि गर्न नसकीने बताउदै अधिकारीले पानीको स्रोत कसैको जग्गामा प¥यो भन्दैमा कसैले रौक्न नसक्ने स्पष्ट पार्नुभयो । अधिकारीले राज्यले नागरिक लाई लालपुर्जा अस्थायी रुपमादिएको बताउदै राज्यले आबश्यकपर्दा सवैको जग्गाप्रयोग गर्न सक्ने बताउनुभयो । अधिकारीले कर बढाउने भन्दापनि सरकारले करको दायरा बढाउने बताउनु पर्नेबताउनु भयो ।

कास्की क्षत्रे नं १, प्रदेश सभा १ का सांसद दीपक कोइराला (रुपक)ले शुद्ध र सफा खानेपानी सवै जनताको अधिकार भएको बताउनुभयो । पानीको बिकल्पअर्को नभएकोले शुद्ध र सफापिउने पानीको लागिआफ्नो तर्फ बाट सक्दो पहलगर्ने बताउनुभयो । कोइरालाले अहिले शुरु गरेको योजनाले कम्तीमा ५० बर्ष सम्मधान्ने गरि कामगर्नुपर्नेमाजोड दिनुभयो । 

प्रदेश सांसद मनबहादुर गुरुङले हिमालको स्वच्छ पानीहुदाहुदै पनिजनताले सफापानीपिउननपाएकोभन्दै स्रोत भएकोले बोरीङ भन्दामुलकै पानीप्रयोग गर्नृुपर्नेमाजोड दिनुभयो । उहाँले आफ्नो क्षेत्रमा बाट सधै सहयोग रहने बताउनुभयो ।

पोखरा लेखनाथ महानगरपालिका वडा नं ३० का वडा अध्यक्ष श्रीराम पोखरेलले पानी जडानमा वडा बाट लिदै शुल्क घटाउने बारे छलफल भइरहेको बताउनुभयो । 

लेखनाथ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका निबर्तमान अध्यक्ष बोधराज लामिछानेले लेखानथ क्षेत्रमा १२ हजार ८५७ घर रहेकोमा १० हजार २७० घरमाखानेपानीको धारा जडान गरीएको बताउनुभयो । 

लेखनाथ साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका अध्यक्ष बिष्णुप्रसाद बरालले अहिले पनि लेखनाथमा खानेपानीको अपुग रहेको भन्दै प्रतिनिधि सभाका सांसद र प्रदेश सांसद बाट सहयोगको अपेक्षा गरेको बताउनु भयो । उहाँले अहिलेको चुनौती ,समस्या र समाधान सम्बन्धी प्रस्तुतिपनि राख्नुभएको थियो ।

कार्यक्रममा सस्थाका संस्थापक सचिव मेखबहादुर गुरुड, संस्थाका उपाध्यक्ष हरि लामिछाने लगायतले आआफ्नो भनाई राख्नुभएको थियो ।

Write a Comment

Events