ईक्यान कास्कीका पदाधिकारीहरुलाई नेतृत्व तथा व्यक्तित्व विकास तालिम
25-July-2015

९ साउन |

 नेपाल शैक्षिक परामर्श संघ कास्कीले आफ्ना सदस्यहरुलाई दुई दिने नेतृत्व तथा व्यक्तित्व विकास तालिम दिएको छ । नेशनल ईन्स्टिच्यूट फर लिडरशिप डेभलपमेन्टसंगको सहकार्यमा ईक्यान कास्कीले यस्तो तालिम दिएको हो । तालिम शनिबार सकिएको छ ।

 

समापनको क्रममा सहभागीहरुले तालिम निकै उपलब्धिमुलक भएको बताए । समापन कार्यक्रममा बोल्दै र्यान्डम रिडर्स सोसाईटी अफ नेपालका अध्यक्ष गनेस पौडेलले नेतृत्व विकासका लागि कलात्मक हुन जरुरी रहेको बताए । नेतृत्वमा रहने मानिसले सृजनशिलता र कल्पनाशिलतामा कला भर्न सके मात्रै सफल हुने उनले भने ।

दुई दिनसम्म नेशनल ईन्स्टिच्यूट फर लिडरशिप डेभलपमेन्टका विकल शेरचन र उषा मल्ल सिंहले सहभागीहरुलाई सहजीकरण गरेका थिए । तालिमका प्रशिक्षक शेरचनले शनिबार समापन कार्यक्रममा बोल्दै सिकेका कुराहरुलाई दैनिक जीवनमा लागु गर्न सुझाव दिए । हरेक व्यक्तिसंग नेतृत्वको क्षमता हुने र प्रशिक्षणले त्यसलाई निकाल्ने काम गर्ने उनले बताए ।

त्यस्तै नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष रामकृष्ण ज्ञवालीले तालिममा सिकेका कुरा सार्थक बनाउन सहभागीहरुलाई शुभकामना दिए । ईक्यानका केन्द्रिय सदस्य गुंडाखर सापकोटाले निरन्तर सिकाईले मानिसलाई नेतृत्व तहमा पुर्याउने बताए ।

ईक्यान कास्कीका अध्यक्ष महेश भण्डारीको अध्यक्षतामा समापन कार्यक्रम भएको थियो । समापन कार्यक्रमको संचालन ईक्यान कास्कीका सचिव सन्दीप अर्यालले गरेका थिए भने उपाध्यक्ष मिलन तिवारीले स्वागत मन्तब्य दिएका थिए । दुई दिने तालिमको संयोजन ईक्यान कास्कीका रुद्रप्रसाद अर्यालले गरेका थिए ।

text source:mainkhabar

Related Images

Write a Comment