तत्काल हिउँदे वर्षा हुने सम्भावना छैन ः मौसमविद
30-December-2017


जकसन डटकम
पोखरा, १६ पुस

पुसको मध्य भए पनि यो वर्ष अझै पनि हिउँदे वर्षा भएको छैन । पोहोरपरार डिसेम्बर महिनाको सुरु वा मध्यतिर वर्षा हुने गरे पनि यो वर्ष अझै पानी परेको छैन । पश्चिमी वायुको प्रभाव कम हुँदा यो वर्ष पानी नपरेको मौसमविद शान्ति कँडेलले बताउनुभयो । हिउँदे वर्षा नहुनुमा जलवायु परिवर्तन पनि कारक रहेको उहाँले बताउनुभयो ।

सामान्यतया डिसेम्बर महिनामा पानी पर्नुपर्ने भए पनि यसपटक तत्काल पानी पर्ने सम्भावना नरहेको मौसमविद कँडेलले बताउनुभयो । डिसेम्बरमा काठमाडौंमा सरदर १३ दशमलव २ मिलिमिटर पानी पर्नुपर्नेमा यसपाली जम्मा शून्य दशमलव १ मिलिमिटर पनि पानी परेको छैन ।

देशका अरु भागमा पनि अहिलेसम्म खासै पानी परेको भएको छैन । केही उच्च र हिमाली भेगमा फाट्फुट्ट पानी परेपनि पर्याप्त नभएको मौसमसवदले बताएका छन् ।

Write a Comment

Events
Random Picks